
विराटनगर, फागुन १९–धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटाको पाख्रिबास–६, फलाटे डढुवाका २६ वर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको हो ।
गएराति १० बजे घरमा बिजुली नआएका कारण घर नजिकै रहेको बिजुलीको पोलमा चढेर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते बनेका राईलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।