लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

 न्यूज विराट
लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध संघर्ष गर्ने नेकपाको घोषणा

काठमाडौं, २८ वैशाख-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण गरेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने बताएको छ ।

पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय ब्युरोका इन्चार्ज धर्मेन्द्र बास्तोलाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि मिचेर भारतले बाटो बनाउँदा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा र नेपालका सीमाहरू मिचिँदा पनि संसदवादी सत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन भारतले पराधीन बनाउन लागेको उल्लेख गरेका छन् ।

उनले दलाल पुँजीवादी सत्ताको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टीहरूलगायत नेपाली सेना र नेपाल प्रहरीलाई अपिल पनि गरेका छन् ।

बास्तोलाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल वैशाख २५ गते भारतले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको समाचार प्रकाशनमा आएको छ । भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेपालको भूमि हडप्ने भारतीय साम्राज्यवादी हर्कतको भत्र्सना विरोध गर्दछ ।’

त्यस क्षेत्रबाट भारतीय हर्कत पूर्ण रूपले बन्द गरी नेपालको सार्वभौमिकताको सम्मान गर्न भारतीय सरकारसँग माग गरेको छ । विप्लव नेकपाले नेपाली भूमिबाट भारत पछि नहटेमा राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्ने सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली र लाचारी खुला रूपमा प्रकट भएको छ ।’

सम्बन्धित समाचार

योजनामा विभेद गरेको भन्दै एमाले विराटनगर–१७ का सचिवले गराए महानगरको ध्यानाकर्षण

विराटनगर, २४ भदौ । विकास योजनामा विभेद गरेको भन्दै नेकपा (एमाले) विराटनगर–१७ ले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । एमाले विराटनगर–का सचिव हमिद अजादले विराटनगर महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।...

आइसोलेसन तोडफोड आरोपमा क्याम्पस प्रमुख तिम्सिना पक्राउ

सङ्खुवासभा, ६ भदौ-संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन वार्ड तोडफोड र स्वास्थ्य सामग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् । हिमालय किरण क्याम्पसका प्रमुख मातृका तिम्सिनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आज...

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

चीनले कोरोना भाइरसको अनुसन्धान रिपोर्ट चोर्न खोज्यो : अमेरिका

एजेन्सी, जेठ १-अमेरिकाले चीनले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धान रिपोर्ट ह्याक गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र संघीय जाँच एजेन्सी (एफबीआई) ले विज्ञप्ति जारी गर्दै चीनले अनुसन्धान रिपोर्टको...

उखु किसानले सबै रकम भुक्तानी पाएनन्, आन्दोलनमा जाने चेतावनी

काठमाडौं, ५ माघ ।सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ ।...

उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ मंसिर-आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

प्रदेश १: कांग्रेस र एमालेको आग्रहपछि प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

विराटनगर, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । आज एक सूचना जारी गरी कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको हो । नेपाली कांग्रेस र...

वडा सदस्यकै अगाडी असईद्धारा निर्घात कुटिए चौलागाइ, खुट्टामा गम्भिर चोट

विराटनगर, बैशाख ९–मोरङको रतुवामाई नगरपालिका–५ मा वडा सदस्यकै आग्रहमा गोविन्दुर प्रहरी चौकीका इन्चार्जले एक व्यक्तिलाई निर्घात कुटपिट गरेका छन् । रतुवामाई नगरपालिका–५ स्थित रतिलाल टोलका ३६ वर्षिय टिकाप्रसाद चौलागाईलाई वडा सदस्य मोहनलाल दासकै अगाडी गोविन्दपुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्