उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण - News Birat

उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण

न्यूज विराट

काठमाडौं, ७ मंसिर-आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ८ हजार ३२ को पीसीआर गर्दा १ हजार ६ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles