उखु किसानले सबै रकम भुक्तानी पाएनन्, आन्दोलनमा जाने चेतावनी

 न्यूज विराट
उखु किसानले सबै रकम भुक्तानी पाएनन्, आन्दोलनमा जाने चेतावनी

काठमाडौं, ५ माघ ।सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत २८ मंसिरदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत १३ पुसमा चारबँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरूले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट साढे ४७ करोड भुक्तानी पाएका हुन् ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ । ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी गर्‍यो । त्यसपछि मात्र भुक्तानी उठेको हो । ४ माघ साँझसम्म करीब साढे ४७ करोड भुक्तानी भएको छ ।

श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ ।  उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उनले बताए ।

यसैगरी, अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन । इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको चार करोड ७० लाख भुक्तानी नगरेको उनले जानकारी दिए । दुवै मिलले अझै ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

आठ–आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले चार करोड १६ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले ५० प्रतिशतको हाराहारीमा रकम भुक्तानी गरेको पाइएको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए ।

भुक्तानी नभए आन्दोलन

सहमतिअनुसार आज साँझसम्म सबै बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसान बताउँछन् । सरकारसँग सहमति हुनुअघिसम्म फटाफट बक्यौता रकम भुक्तानी गर्न सुरु गरेका चिनी मिल पछिल्लो समय सुस्तरूपमा भुक्तानी गरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिए ।

‘सहमतिअघिसम्म ३३ करोड बढी रकम भुक्तानी भइसकेको थियो, सरकारसँगको सहमतिअनुसार २१ दिनको अवधिमा १४ करोड मात्र बक्यौता रकम भुक्तानी भएको छ, रकम भुक्तानीमा सरकारसँगै उद्योगीले बेवास्ता गरेँ’, उनले भने, ‘आज साँझसम्म उद्योग मन्त्रालयले दिएको तथ्याङ्कअनुसारको रकम भुक्तानी नभए आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।’ ‘अहिले थोरैथोरै भुक्तानी भइरहेको छ’, उनले थपे, ‘सम्झौता अवधिमा सबै रकम पाउन मुस्किल छ ।’ रासस

सम्बन्धित समाचार

नेपाल अब कोरोनाको उच्च जोखिममा छैन : मन्त्री ढकाल

काठमाडौं, १९ वैशाख-सरकारले कोरोना भाइरसको परीक्षण बढाएको बताएको छ । शुक्रबार राष्ट्रियसभा विधायन व्यवस्था समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना परिक्षण बढाएको बताएका हुन् । कोरोना परीक्षण कम भएको भन्दै सरकारको...

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...

नेकपा सचिवालय : ओली र प्रचण्डका पत्रबारे छलफल, ३ मंसिरमा बैठक बस्ने

काठमाडौं, २८ कात्तिक-सत्तारूढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई पठाएका पत्रबारे छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको आवश्यकत महसुस गर्दै कार्यकारी अध्यक्ष...

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

विराटनगर, २० असोज–प्रदेश नं. १ मा कोरोना संक्रमणबाट मंगलबार विहान ३ जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक संक्रमितको मृत्यु भएको हो । विराटनगरको...

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...

सुदुरपश्चिमको पहिलो जित, दिल्लीको लगातार तेस्रो हार

विराटनगर । सुदुरपश्चिमको एनबी ग्रुप धनगढीले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । दिल्ली युनाईटेडमाथि सुदरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । लगातार तीन खेलमा सुदुरपश्चिमले पहिलो...

बत्तीस सय तिरेर महाकाली तरेका बीच बाटामै अलपत्र

बैतडी, २८ वैशाख-दुई हजार भारतीय रुपैयाँ प्रतिव्यक्ति (तीन हजार २ सय) तिरेर महाकाली तरेर भारतबाट फर्किएका दैलेख र मुगुका तीन जना बैतडीमा अलपत्र परेका छन् । अलपत्र पर्नेमा दैलेखको जामुण्डा बिन्द्रसैनी नगरपालिकाका जनक देवकोटा र...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्