काठमाडौं, २७ वैशाख-सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाएका छन् । शनिबार अवेर विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
नेपालको भूमि लिपुलेकमा बनाइएको सडक भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेपछि नेकपाका अध्यक्षद्वयले चीनको मानसरोवर जाने यात्रीका लागि भन्दै नेपाली भूमि लिपुलेक हुँदै भारतले बनाएको सडकलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।
विश्वभर पूरै मानवजाति कठिन स्वास्थ्य संकट झेलिरहेको अवस्थामा नेपाली भूमि कुल्चिएर भारतले सडक उद्घाटन गर्नुलाई अत्यन्तै दुखद कदम भएको उल्लेख गरिएको छ ।
भारतलाई सुगौली सन्धिसमेत स्मरण समेत नेकपाले गराएका छ । `सुगौली सन्धि लगायत सबै ऐतिहासिक कागजपत्रले लिम्पियाधुरा, कालपानी र लिपुलेकलगायतका क्षेत्रसहित महाकाली नदीको सबै पूर्वी भाग नेपाली भूभाग भएको प्रमाणित गरेका छन्´, ज्ञप्तिमा भनिएको छ । यसअघि सरकारको तर्फबाट आधिकारिक विज्ञप्ति निकाल्दै कडा आपत्ति जनाइएको छ ।