स्थानीय तहसँग समन्वय गर्न ७ प्रदेशमा सम्पर्क व्यक्ति

 न्यूज विराट
स्थानीय तहसँग समन्वय गर्न ७ प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं, चैत ५–स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिका निभाउन सातवटै प्रदेशमा उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको बताए ।

उनका अनुसार प्रदेश नं १ मा उपसचिव प्रह्लादकुमार कार्की, प्रदेश नं २ मा उपसचिव ऋषिराज आचार्य, बागमती प्रदेशमा उपसचिव महेन्द्रकुमार सापकोटा, गण्डकी प्रदेशमा उपसचिव बाबुराम भुसाल, प्रदेश नं ५ मा उपसचिव डिलाराम पन्थी, कर्णाली प्रदेशमा उपसचिव रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा उपसचिव रेशमलाल कँडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

सम्पर्क व्यक्तिले स्थानीय तहबाट प्राप्त गुनासा तथा सवालको सहजीकरणको समग्र व्यवस्थापन गर्ने, स्थानीय तहबाट अनुरोध भएका विषयमा सम्बन्धित सम्पर्क व्यक्तिबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णयका लागि सहजीकरण गर्ने, सम्पर्क व्यक्तिको समन्वय गर्ने र हरेक १५ दिनमा समीक्षा गरी मन्त्री र सचिवलाई प्रतिवेदन बुझाउने, प्रदेश समन्वय परिषद् वा अन्तर प्रदेश परिषद्बाट सहजीकरण वा निर्णय हुनुपर्ने विषय भए विवरण तयार गरी सम्बन्धित परिषद्मा पठाउने व्यवस्था मिलाउने र आवश्यकताअनुसार सम्बन्धित स्थानीयत तहको स्थलगत निरीक्षण गर्नेरगराउने छन् ।

यसैगरी कोभिड–१९ को सजगता नियन्त्रण र रोकथामका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गर्ने, प्रत्येक दिन कोभिड–१९ को चेकजाँचको विवरण स्थानीय तहबाट सङ्कलन गर्ने, कोभिड–१९ सँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारी भए सोको सङ्कलन गरी मन्त्रालयमा पठाउनेजस्ता कार्य गर्न तोकिएको छ । रासस

सम्बन्धित समाचार

१३ फागुनदेखि खेलकुद महोत्सव हुने, ६१ सदस्यीय मूल समारोह समिति गठन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...

बेलबारीमा दुई हप्तापछि खुल्यो निषेधाज्ञा

विराटनगर, १ भदौ । मोरङको बेलबारीमा दुई हप्तादेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोना सङ्क्रमण केही नियन्त्रणमा आएको भन्दै साउन ३१ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समितिको बैठकले २ सातादेखि...

लकडाउन वैशाख २५ सम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना नियन्त्रणका लागि लागू गरेको लकडाउनको अवधि २५ वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको...

२४ घण्टामा कोरोनाबाट ११ को मृत्यु

काठमाडौं, १० भदौ-बुधबार नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर...

विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । २१ जनाकाे शव साेमबार...

फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिइने

काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...

२२ जना विदेशी प्रहरीको सम्पर्कमा

इनरुवा, २३ चैत-भारतबाट आएर सुनसरीका २ मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदैं भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले...

इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसीलाई

विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्