अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

 न्यूज विराट
अस्पताल भर्ना हुनुअघि ओलीले भने, ‘म नभए पनि सरकार निर्णय गर्न रोकिँदैन’

काठमाडौं, फागुन १९–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालमा रहे पनि सरकार अनिर्णयको बन्दी नहुने बताएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि एक भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो अनुपस्थितिमा पनि निर्णय गर्न सक्ने संयन्त्र र व्यवस्था मिलाएको बताएका हुन् ।

‘म अस्पताल बसेका बेला सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रूपमा अघि बढ्ने छन’, उनले भनेका छन्, ‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु परेको समयमा आवश्यक निर्णय लिन सक्नेसम्मको संयन्त्र र अन्य व्यवस्था मिलाएको छु । मेरो अस्पताल बसाइको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता, कार्यकर्ता, सांसदहरू र लाखौँ पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।’

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College