प्रदेश ५ सरकारद्वारा २०७७ सालमा ६ दिन बिदा दिने निर्णय

 न्यूज विराट
प्रदेश ५ सरकारद्वारा २०७७ सालमा ६ दिन बिदा दिने निर्णय

प्रदेश ५ को सरकारले २०७७ सालमा प्रदेशको तर्फबाट  ६ दिनको बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २ गते तथा फागुन ३ गते प्रदेश स्थापना दिवसमा बिदा दिइने निर्णय गरेको छ । स्थानीय तहको निर्णयबाट हुने एक दिनको बिदा र निश्चित पर्व मनाउने समुदाय र ठाउँमा एक दिन बिदाको निर्णय गरिएको छ । निश्चित पर्व मनाउने समुदाय र ठाउँअन्तर्गत रुकुमरोल्पामा भूमेपूजा, थारु समुदायको बडकवा अतवारी र पाल्पामा भगवतीजात्रामा बिदा दिइने छ ।

बैठकले बालरोग विशेषज्ञ डा किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णयसमेत गरेको प्रेसनोटमा जनाइएको छ ।

सम्बन्धित समाचार

उपत्यकामा एकै दिन थपिए ३ हजार १ सय १७ संक्रमित

काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...

स्वास्थ्य समाग्री लिन चार्टर्ड विमान चीन जाँदै 

काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो । चीनबाट स्वास्थ्य...

रुकुम पश्चिमका १ जनामा पनि देखियो कोरोना संक्रमण

सुर्खेत, ६ असार-कर्णाली प्रदेशको १० जिल्लामध्ये कोरोना संक्रमण नदेखिएको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान...

बाँके र बर्दियामा थपिए काेराेनाका ४० संक्रमित

काठमाडाैं, २४ जेठ-बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । अस्पतालका अनुसार संक्रमित...

पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएर समुदायस्तरमा संक्रमण देखिएन थालेपछि पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ। विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा भनिएको छ । विश्वविद्यालयले भदौदेखि...

लकडाउन पुनः १ साता थपिँदै

सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिन पुनः १ साता लकडाउन थप गर्ने जनाएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ७ जना मन्त्रीसहितको उच्चस्तरीय समितिले लकडाउन थप गर्ने गृहकार्य गरिरहेको छ । लकडाउन बढ्नसक्ने भन्दै...

विराटनगरमा बल्ल सुरु भयो मतगणना

प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको मतगणना सुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिएपनि केहीबेर अघिदेखि सुरु भएको हो । उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत २०–उदयपुर र मोरङका २ छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ माझीगाउँका ३८ बर्षीय दिलप्रसाद माझीको कोशी किनारामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्