काठमाडौं हिँडेका ११ पाकिस्तानी सिन्धुलीबाट फिर्ता

 न्यूज विराट
काठमाडौं हिँडेका ११ पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली, २७ वैशाख-बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुँदै काठमाडौं जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो ।

सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पीसीआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नंको माइक्रोबसलाई आज काठमाडौं जान दिइएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए । उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए । उनका अनुसार उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौं हिँडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ ।

सुनसरीबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस

सम्बन्धित समाचार

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

काठमाडौं, ८ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ। प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो।भदौ २ गते सर्वोच्चका न्यायाधीश...

अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छः ट्रम्प

एजेन्सी, २९ कात्तिक-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।  उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

एजेन्सी, बैशाख २६-कुनै कुराले संसारलाई परिवर्तन गरिदिन्छ भने त्यो हो– युद्ध । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को ८ मे अर्थात् ‘युरोपमा जितको दिन’ थियो । तर, त्यो युद्धको अन्तिम दिन थिएन । जापान पूर्ण...

सुलभको ‘हिस्ट्री’ खोतल्दै प्रहरी

काठमाडौं, ३ वैशाख-महानगरीय प्रहरी अपराध महाशाखाले न्यायिक हिरासतमा रहेका व्यापारी सुलभ अग्रवालको विषयमा विशेष अनुसन्धान गरिरहेको छ ।२५ चैत २०७६ मा पक्राउ परेका शंकर ग्रुपका निर्देशकसमेत रहेका अग्रवाललाई मंगलबार थप ५ दिनको लागि जिल्ला प्रशासनबाट...

मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग...

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

आज यी प्रदेशमा छ धेरै भारी वर्षाको सम्भावना

काठमाडौं, असार १५  । आज पनि मुलुकभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्