सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

 न्यूज विराट
सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा मजदुरी गरेर हतमुख जोर्दै आएका परिवारलाई समस्या भएपछी सांसद मण्डलले आप्नो निर्वाचन क्षेत्रमा राहत वितरण गरेका हुन् ।

सांसद मण्डलले आफ्ना कार्यकर्ता तथा प्रतिनिधि मार्फत कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घर घरमै रातह वितरण गरेका हुन् । गरिब, मजदुर र किसानको पक्षमा जोड्दार रुपमा आवाज उठाउँदै आएका सांसद मण्डलले निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा अति आवश्यक परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नुन, साबुनलगायतका सामाग्री प्रतिनिधिहरु मार्फत वितरण गरेका छन् ।

उनले दैनिक ज्यालादारी काम गरेर परिवार चलाउँदै आएका परिवार भोक भोकै बस्नुपर्ने अवस्था नआओस भनेर निर्वाचन क्षेत्रका जनतालाई राहत वितरण गरिएको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगर इन्चार्जसमेत रहेका सांसद मण्डलले सरकारले लकडाउन अवधिभर आम मजदुरवर्गलाई प्रयाप्त राहत वितरण गर्नुपर्ने बताए ।

उनले लक डाउनले ज्यालादारी काम गर्दै आएका मजदुर परिवार भोक भोकै बस्नुपर्ने अवस्था आए कोरोना संक्रमणको जोखिम अझ बढ्ने भएकाले राहत वितरणमा ढिलाई गर्न नहुने बताए । ‘समयमै राहत वितरण गरिएन भने आम मजदुर बर्ग परिवारको पेट पाल्नकै लागि पनि बाध्य भएर काममा निस्कनुपर्ने हुन्छ । काम गर्न त्यसरी निस्कँदा अझ कोरोना संक्रमणको जोखिम बढ्छ ।’ उनले भने,‘त्यसैले लक डाउन पूर्ण पालना गराउन सवैभन्दा पहिला अति विपन्न र मजदुरी गरेर जिवनयापन गर्ने परिवारलाई यो अवधिभर पुग्ने राहत वितरण तत्काल गर्न जरुरी छ ।’

उनले निर्वाचन क्षेत्रका जनतालाई कोरोना संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेको लक डाउन पूर्णरुपमा पालना गर्न आग्रह समेत गरेका छन् ।

सांसद मण्डलले राहतका लागि तीनै तहका सरकार मार्फत पहल थालिएकाले अत्यावश्यक सवै परिवारलाई राहत वितरण हुने बताए । ‘एक जना सांसदले मात्र गरेर हुँदैन । सम्भव पनि छैन । त्यसर्थ सरकारलेनै लक डाउन पूर्ण पालना गराउन उचित व्यवस्थापन गर्नुपर्छ ।’ उनले भने,‘गरिब जनता घर बाहिर काममा निस्कीएर महामारि फैलन नदिन पनि आवश्यकता अनुसारको राहत व्यवस्था गर्नेकुरालाई पहिलो प्रथामितामा राख्न जरुरी छ । यदि सकिएन भने महामारिले उग्र रुप लिन सक्छ र भुकमरीको अवस्थासमेत सृजना हुनेछ ।’

उनले लुकिछिपी भारतबाट आउनेका कारण जोगबनी, बुधनगरलगायत सिमावर्ती क्षेत्रका जनता जोखिममा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरि आवत जावत पूर्णरुपमा बन्द गर्न आग्रहसमेत गरेका छन् । सांसद मण्डलले उक्त निर्वाचन क्षेत्रका २ हजार जनतालाई मास्क समेत वितरण गरेका छन् ।

सम्बन्धित समाचार

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

विराटनगरमा रुबी इन्टरप्राइजेजले ठगि गरेको आरोप

विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...

प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर, ३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको...

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि...

विराटनगरमा २८ सहित प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर, १८ असोज । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

‘सत्ता देश र जनताको सेवाको साधन हो, यो कुरा आत्मसाथ नगर्ने राजनीतिक ठग हुन्’

काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...

विराटनगरको रानी र वैजनाथपुर अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

विराटनगर । विराटनगर महानगरपालिकाले रानी र वैजनाथपुर अस्पतालमा चिकित्सकको सल्लाहअनुसार डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ ।महानगरअन्तर्गतको रानी र वैजनाथपुर अस्पतालमा डेंगु रोगको किटबाट निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । चिकित्सकको सल्लाहअनुसार डेंगु रोगको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्