मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

 न्यूज विराट
मोरङमा श्रृंखलाबद्ध चोरीको घटना बढ्यो, सहकारीको सुरक्षा माग गदैै प्रजिअलाई ज्ञापनपत्र

विराटनगर । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु ब्ढेपछि शान्ति सुरक्षा कायम गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

अपराधिक गतिविधि नियन्त्रण गरिनुपर्ने र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो ।

संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् । प्रजिअ भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष डा.पोखरेलले जिल्लाका विभिन्न स्थानमा संचालन भइरहेका सहकारी संस्थामा तोडफोड गरि नगद तथा भौतिक सामान चोरी गर्ने,कर्मचारीलाई कुटपिट र अभद्र व्यवहार गर्ने जस्ता कार्य बढीरहेकोले उक्त कार्य नियन्त्रण गरि शान्ति सुरक्षाको प्रत्याभुत गर्न र त्यस्ता कार्यमा संलग्न रहेकाको खोजी गरि कार्वाही गर्न माग गरेका थिए ।

संघले बुझाएको ज्ञापन पत्रमा जिल्लाका एक दर्जन वढी सहकारी संस्थामा चालु आ.व.२०८०÷८१ को साउनदेखि यहि बैशाख ५ गतेसम्म तोडफोड गरि नगद तथा सामान चोरी भएकोले उक्त घटनामा संलग्नलाई खोजी गरि कार्वाही गर्न र चोरी भएका सहकारी संस्थाको रकम तथा सामाग्रीको क्षतीपूर्ति दिलाउन माग गरिएको छ । साथै निरन्तर भइरहेका यस्ता गतिबिधिहरुका कारण सहकारी संघ÷संस्थाहरुको संचालन प्रकृयामा नै गम्भीर समस्याहरु देखा परिरहेकोले तत्काल शान्ति सुरक्षा मजबुद बनाउनसमेत संघले ज्ञापन पत्र मार्फत माग गरेको छ ।

ज्ञापन पत्रमा उल्लेख भए अनुसार रतुवामाई न.पा–६ मा रहेको सौठा बचत तथा ऋण सहकारी संस्था लि.मा दुई पटक चोरी भएको, सोहि वडाको सुनगाभा बचत तथा ऋण सहकारी संस्था शनिश्चरे, जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–७, आदर्श बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी–६, सिंद्देश्वर बचत तथा ऋण सहकारी संस्था लि. पथरीशनिश्चरे, एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ –२ फडानी र खैरेनी सेवा केन्द्रमा चोरी भएको जनाइएको छ । त्यस्तै जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लि. वेलावारी –८ राधानगर, जिल्ला बचत तथाऋण सहकारी संघ लि. बेलवारी–३, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लि. बेलवारी–३, झलझली बचत तथा ऋण सहकारी संस्था लि. बेलबारी –१०, दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्था लि.बेलवारीमापनि तोडफोड तथा नगद र सामान चोरी भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संघले सहकारी संस्थामा चोरी डकैतीमा संलग्न केही ब्यक्तिहरुलाई झापा प्रहरीले पक्राउ गरि हाल थुनामा राखेको भएकोले उनिहरु मोरङका सहकारी संस्था तोडफोड गरि चोरीमा संलग्न रहेको हुनसक्ने भएकोले झापा जिल्ला प्रशासन संग समन्वय गरि सत्य तथ्य पत्ता लगाउनका लागि आवश्यक पहल गरिदिनु समेत ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।
संघले सहकारी संघसंस्थाको विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा प्रदान गर्न गराउन र भय रहित वातावरणमा काम गर्नसक्ने अवस्था सृजना गर्न गराउनसमेत माग गरेको छ ।

सम्बन्धित समाचार

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

महतोमाथि निर्घात कुटपिट, मोरङ प्रहरीले जाहेरी नलिदा न्याय नपाएको पीडितको गुनासो

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् । मोरङको नयाँबजारमा...

विराटनगरका ब्युटिसियनलाई हेयर टेक्निकल तालिम

विराटनगर । विराटनगरका ब्युटिसियनहरूलाई एक दिने बेरिना हेयर टेक्निकल तालिम दिएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर नगर कमिटिले मंगलबार हेयर कटिङ्ग सम्बन्धी तालिम दिएको हो । तालिममा विराटनगरका ८६ जना ब्युटिसियनहरुको सहभागि रहेको...

मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत शनिबार

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

राजावादीले आगो लगाएको घरमा जलेर पत्रकारको मृत्यु

काठमाण्डौं । राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्युज टेलिभिजनका अनुसार भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु...

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्