भारतमा मालबाहक रेलले किचेर १६ जना प्रवासी मजदूरहरुको मृत्यु

 न्यूज विराट
भारतमा मालबाहक रेलले किचेर १६ जना प्रवासी मजदूरहरुको मृत्यु

एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६.३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् ।

घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचार माध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देशन दिएको बताएका छन् ।

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो ।

सम्बन्धित समाचार

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह...

देशले फेरि लकडाउन धान्दैन : कांग्रेस

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को संक्रमण कम हुँदै...

नेकपा सांसदले गरे कांग्रेस निर्णयकाे स्वागत

काठमाडाैं, १८ जेठ-सत्तारूढ नेकपाका सांसदहरूले संविधान संशोधनको पक्षमा मतदान गरेर प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रियताको पक्षमा मुलुक एकजुट रहेको सन्देश दिएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसदहरू बिनाकुमारी श्रेष्ठ, नेकपाकी सचेतक शान्ता चौधरी, सांसद...

नारायणीको सतहले पार गर्‍याे खतराको विन्दु

चितवन, ८ असोज-तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।  देवघाटमा रहेको नारायणी बेसिन...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

कोशी प्रदेशमा एक वर्षमा साढे ९ हजारभन्दा बढी मुद्दा दर्ता, संगठित अपराधमा कमी

विराटनगर । कोशी प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा ९ हजार ४ सय ६१ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । २०८१ सालको वैशाखदेखि चैतसम्म यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो...

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने...

विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन, अध्यक्षमा लोकनाथ पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औं वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा संजीव सिग्देल,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्