नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

 न्यूज विराट
नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला

काठमाडौं, २५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन् ।

२० गते बसेको सचिवालयले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, बुधबार बसेको सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेपछि आज बोलाएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो ।

स्थायी कमिटीको बैठक बोलाउन भन्दै २० जना स्थायी कमिटी सदस्यले १० गते नै हस्ताक्षर गरेर स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए ।

बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयको बैठबाट उठेर हिँडेपछि नेकपाको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको थियो । आज बिहीबार बोलाएको स्थायी कमिटीको बैठक पनि अनिश्चित बनेपछि असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यले पार्टी कार्यलय धुम्बाराहीमा नै भेला बोलाएका हुन् ।

सम्बन्धित समाचार

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्स कलेजको सम्मान

विराटनगर । विराटनगर ९ मा रहेको एम्स कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्रिभुवन विश्व विद्यालयले हालै प्रकाशित गरेको बि.एच.एम संकायकोे बिभिन्न सेमेष्टरको नतिजामा तीन जना विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् । एम्सकी विद्यार्थी...

हिज्जे प्रतियोगिताको उपाधि मनोकामना स्कुललाई

विराटनगर । नेशनल प्याब्सन हिज्जे प्रतियोगिताको उपाधि मनोकामना इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । नेशनल प्याब्सन विराटनगर महानगर कमिटिले विराटनगरमा शनिबार आयोजना गरेको प्रतियोगिताको द्धितीय ग्रिनपीच एकाडेमी र तृतीय अरीहन्त इङ्लिस स्कुल भएको हो ।विद्यार्थीहरुमा...

माघ ११ देखि विराट एक्स्पो हुने, २६८ स्टल रहने

विराटनगर । आठौं संस्करणको विराट एक्स्पो हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो हुने भएको हो ।एक्स्पो तयारीबारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आर्थिक...

प्रदेश १ बाट एकै दिन ३० जनाले जिते कोरोना

विराटनगर, जेठ २२–प्रदेश १ बाट बिहिबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएको...

झापामा हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

विराटनगर, ३ फागुन । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने अन्दाजी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...

पछिल्लो २४ घन्टामा १ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि

काठमाडौं,  १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना...

मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो। पार्टीका जिल्ला सभापति डिकबहादुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्