
३७ अंकले घटेर बन्द भयो शेयरबजार
साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर...
काठमाडौं, २२ वैशाख-नवगठित दल जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान हुने भएको छ । डा. यादवले दिएको जाहेरी सरकारी वकिल कार्यायल, काठमाडौंले दर्ता गरेपछि अपहरण घटना छानबिन हुने भएको हो ।
सांसद डा. यादवलाई अपहरण गरेको अभियोगमा पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठलाई कारबाही गर्नुपर्ने मागसहित जसपाले उजुरी दर्ता गरेको हो ।
सरकारी वकिल कार्यालयले सोमबार जाहेरी दर्ता गरेको हो । सरकारी वकिल कार्यालयमा डा. यादवको उजुरी १०४६ नम्बरमा दर्ता भएको छ ।गतसाता उनले सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । निवेदनमाथि अनुसान्धान गर्ने भन्दै त्यो बेला दर्ता गर्न कार्यालयले मानेको थिएन ।
उक्त निवेदन सोमबार दर्ता भएको जनता सामाजवादी पार्टीका नेता गणेश कुवरले जानकारी दिए । यसअघि बिहीबार घटनाको छानबिन माग गर्दै डा. यादव राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजरी दिएका छन् ।
काठमाडौं महानगरीय प्रहरी परिसरले भने उनको जाहेरी लिन मानेको थिएन । महोत्तरीस्थित घरमै रहेका डा. यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।
यसैगरी, आज नै नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले मानवअधिकार आयोगमा डा यादव विरुद्ध उजुरी दिइएका छन् । ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानवअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएको भन्दै सत्यतथ्य छानविन गरी प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाऊँ’ भनी उनीहरूले उजुरी दर्ता गराएका हुन् ।
साताभर नै उतारचढावपूर्ण रहेको शेयरबजार अन्तिम दिन भने दोहोरोे अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से सूचक ३७.८७ अंकले घटेर २३७६.७४ अंकमा पुगेर बन्द भएको हो । योसँगै सेन्सेटिभ परिसूचक पनि ५.८८ प्रतिशतले घटेर...
काठमाडौं, २६ वैशाख-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् । ‘लिम्पियाधुरा/लिपुलेक नेपाली भूमि हो...
विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...
काठमाडौं, २२ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दरमा वृद्धि भइरहेकाले अस्पतालको अभाव हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले संक्रमणको दर बढ्दै गएकाले उपत्यकामा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने चेतावनी...
नयाँदिल्ली १८ पुस-भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड ३ लाख ५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १९ हजार ७९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड...
कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने सामग्री लिन नेपालबाट चीनतर्फ नेपाल एयरलाइन्सको विमान उडेको छ ।स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आर ४१७१ कल साइनको जहाज शनिबार दिउँसो उडेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।...
एजेन्सी, जेठ ४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ । डेमोक्रेट सांसदहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई ट्रम्पले निहीत स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै...
विराटनगर, ४ पुस- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.