प्रदेश १ मा आज ६७० जना डिस्चार्ज हुँदा ६५ सक्रमित थपिए - News Birat

प्रदेश १ मा आज ६७० जना डिस्चार्ज हुँदा ६५ सक्रमित थपिए

न्यूज विराट

विराटनगर, ४ पुस- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ ।

प्रदेश १ मा शनिबार ६५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा दुई, संखुवासभामा एक र प्रदेश १ बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ।

मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा चार, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २ सय ९५ पुगेको छ ।

प्रदेश १ मा शनिबार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र २९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश १ मा हालसम्म २ लाख ३ हजार ९ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles