काठमाडौं, २१ वैशाख-सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो ।
‘२५ सम्म लकडाउन छ । यो अवधिमा विद्यार्थीको नतिजाको काम सक्ने र त्यसपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने भनिएको हो,’ शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले भने, ‘तत्काल कक्षा सञ्चालन भने गर्न सकिदैँन ।’
लकडाउन खुल्ने बित्तिकै कक्षा सुरु नहुने उनले बताए । ‘आज लकडाउन खुल्यो भोलीबाट कक्षा हुँदैन,’ उनले भने, ‘विद्यार्थी, अभिभावक, र शिक्षक सबैको स्वास्थ्य सुरुक्षा नभएसम्म कक्षा सुरु गर्न सकिदैँन ।’
कक्षा १ देखि ९ सम्मको रिजल्ट निकाल्न बाँकी छ भने १०, ११ र १२ कक्षाको परीक्षा स्थगित गरिएको छ । नयाँ शैक्षिकसत्र सुरु नहुँदा ७० लाख बालबालिका विद्यालय बाहिर छन् ।