बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

 न्यूज विराट
बैंकर्स संघका अध्यक्ष दाहालप्रती पूर्वका उद्योगी व्यवसायी आक्रोशित

विराटनगर, बैशाख २१-नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाई उदृत गर्दै व्यवसायीले नाफा लुकाउने भएकाले व्याज छुट दिनु हुन्न भनेर विभिन्न संचारमाध्यमहरुमा आइरहेको समाचारप्रति मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आपत्ति जनाएका छन ।

दुवै संगठनले आइतबार विराटनगरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नेपाल बैंकर्स संघका अध्यक्ष दाहालको भनाई प्रति घोर भत्र्सना गरेका हुन ।

पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बैंकर्स एशोसियनको अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर संकटको बेला दिएको गैरजिम्मेवार अभिव्यक्तिले उद्योगी व्यवसायीलाई संकटमा पारेको बताए ।

उनले देशलाई आत्मनिर्भर बनाउँदै वैदेशिक व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजि क्षेत्र सो अभिव्यक्तीको विरोध गर्न बाध्य भएको बताए ।

लकडाउन जारी भई उद्योग व्यवसाय बन्द भएको अवधिदेखि कम्तिमा आगामी ३ वर्ष अवधिको लागि हाल कायम रहेको व्याज दरमा कम्तिमा ५ प्रतिशत घटाई उद्योग व्यवसाय क्षेत्रमा ऋण प्रवाह गर्ने व्यवस्था मिलाउन पनि उनले राष्ट्र बैंकसंग माग गरे ।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले लकडाउनका कारण उद्योग व्यवसाय संचालनमा आउन नसेकाले ‘नो विजनेश, नो वर्क, हाउ टु पे’ को सिद्धान्त अनुरुप काम नभएको बताए ।

उनले सिद्धान्त अनुरुप काम नभएको अवधिको पारिश्रमिक भुक्तानी गर्न न्यायोचित नहुने नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराए । मुन्दडाले मानव अस्तित्व नै संकटमा परेको बेला मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर नै जानकारी गराउनु परेको बताए ।

सम्बन्धित समाचार

सभापतिका आकांक्षी डा. शेखर कोइराला प्रदेश १ मै कमजोर, कोइराला परिवारको आधार क्षेत्रमै देउवाले गाडे झण्डा

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले...

मौसम बद्ली : भोलि र पर्सि पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

दक्षिण कोरिया, ११ वैशाख-कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको १ प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्नेछन् । दक्षिण...

रंगेलीका मेयर बगडीया पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य नियुक्त

विराटनगर । रंगेली नगरपालिकाका विकासप्रेमी मेयर दलिप बगडीया पूर्वाञ्चल विश्व विद्यालय सभा सदस्यमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर बगडीयालाई गत वैशाख १२ गते विश्वविद्यालय सभाको सदस्यमा नियुक्त गरेका हुन् । पूर्वाञ्चल...

जनता समाजवादी पार्टीमा ३ अध्यक्षः महन्थ, बाबुराम र उपेन्द्र

काठमाडौं, २५ जेठ-राष्ट्रिय जनता पार्टी र समाजावादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । आज जनता समाजावादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने अन्तिम दिन हो । आज दल...

ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगर जलबायु जनमार्च

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दे विराटनगरमा युवाहरुले आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् । शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्