एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

 न्यूज विराट
एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा ३६ वर्षीय पुरुष तथा नेपालगञ्जका ५ पुरुष तथा ४ जना महिलामा संक्रमण पोजेटिभ देखिएको हो ।

उनीहरु ७ वर्षदेखि ५८ वर्ष उमेर समूह सम्मका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको छ ।

अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ९ जना उपचाररत रहेका छन् । नेपालगञ्जमा आइतबार संक्रमण देखिएका ९ सहित १० जनाको उपचार भइरहेको छ ।

यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा १—१ जना उपचाररत रहेका छन् । १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपत्यकामा ४ र बाहिर ७३ गरी ७७ जना सम्भावित संक्रमित आइसोलेसनमा रहेका छन् ।

आइतबारसम्म १३ हजार ४ सय १४ पिसिआर र ४९ हजार ६ सय ८८ वटा आरडिटी परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

प्रदेश नम्बर १ मा ५ हजार ४ सय ९९, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ९ र बागमती प्रदेशमा ८ हजार ५ सय १५ जनाको आरडिटी परीक्षण भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ९ सय ५१ जना रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बागमती प्रदेशमा ४ सय ४० जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, घटनास्थलमै ४ जनाको मृत्यु

विराटनगर । ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मंगलबार राती साढे १२ बजे ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकैघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको १...

मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ?...

६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

काठमाडौं, ५ फागुन । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । यससँगै हालम्म ११ हजार ९ सय ११ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार...

आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं, चैत २५। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्