पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु, ५७० संक्रमित थपिए

न्यूज विराट

काठमाडौं, ५ फागुन । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । यससँगै हालम्म ११ हजार ९ सय ११ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार ५ सय ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज ९ हजार ७ सय ८९ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ हजार २८ जनाको पीसीआर र २ हजार ७ सय ६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय १६ पुगेको छ । त्यस्तै आज १ लाख ६४ हजार ४ सय ७५ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles