नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले नेकपाभित्र कालो बदाल मडारिएको भए पनि आजको बैठक विवाद समाधान गर्नेतर्फ लाग्ने संकेत गरेका हुन् ।
उनले शनिबार डाकिएको सचिवालय बैठकपूर्व विम्बात्मकरूपमा ट्विट लेख्दै नेकपामा औँसीको रात र कालो बादल मडारिए पनि चाँदीको घेराका रूपमा नेकपाको बैठकलाई उल्लेख गरेका छन् । ‘औँसीकाे रात, कालाेबादल,चाँदीकाे घेरा, नेकपा बैठक’ उनले ट्विटमा भनेका छन् । प्रधानमन्त्री ओलीका प्रिय पात्रका रूपमा चिनिएका बाँस्कोटा पछिल्ला समय ओलीका विरुद्धमा उत्रिकामाथि आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन् ।