कुटपिटबाट घाइते वडा अध्यक्षलाई थप उपचारका लागि काठमाडौं पठाइयाे

 न्यूज विराट
कुटपिटबाट घाइते वडा अध्यक्षलाई थप उपचारका लागि काठमाडौं पठाइयाे

सुर्खेत, १८ वैशाख-कालिकोट पचालझरना गाउँपालिका –१ का वडा अध्यक्ष रत्नलाल न्यौपानेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बुधबार दिउँसो स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका वडा अध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार काठमाडौं रेफर गरिएको हो ।

बुधबार उपभोक्ता समितिको विषय स्थानीय युवाकाे समूहले वडाध्यक्ष न्यौपानेलाई कुटपिट गरी गम्भीर घाइते बनाएकाे थियाे । टाउकोमा गम्भीर चोट लागेका वडा अध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेको र थप उपचारका लागि काठमाडौं लगिएको वडा अध्यक्ष न्यौपानेकी बुहारी दुर्गा न्यौपनेले बताइन् ।

घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय पचालझरनाले स्थानीय २० वर्षीय पारस न्यौपाने, २१ वर्षीय उमेश न्यौपाने, २२ वर्षीय तिलक न्यौपाने, २० वर्षीय जनक न्यौपाने र १९ वर्षीय कमल न्यौपानेलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम ओलियाले बताए । गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले दुर्व्यवहार र कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सम्बन्धित समाचार

मोरङको धनपालाथानमा निःशुल्क दन्त शिविर,  ६८ बालबालिकाको दन्त परीक्षण  

विराटनगर । मोरङको धनपालाथान गाउँपालिकामा निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । साना पाइला नामक संस्थाले निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो ।  स्वस्थ जीवनका लागी मुख...

कोशी अस्पतलामा क्यान्सरको उपचार सेवा विस्तार, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक आउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो । सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा...

शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी...

प्रदेश १ मा ६ सय ५३ जनाको नमुना परिक्षण

विराटनगर, बैशाख २–प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म...

मिल्स फार्क नकआउट फुटबलको उपाधि रेडस्टारलाइ

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार स्कुलले जितेको छ ।विराटनगरको रानीस्थित जुटमिलको खेल शनिबार सम्पन्न फाइनलमा विराटनगरको मोर्डन एरालाई २–० गोलले हराउँदै रेडस्टारले उपाधि जितेको हो ।जितसंगै रेडस्टारले ५१ हजार...

सुरु भयो बुन्डेस लिगा, डर्टमुन्डको प्रभावशाली जीत

एजेन्सी, जेठ ४-कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण दुई महिनाभन्दा लामो समय रोकिएको जर्मन बुन्डेस लिगा पुनः सुरु भएको छ । कोरोना भाइरसका कारण करिब १० साता रोकिएका खेल शनिबाररातिबाट सुरु भएका हुन् । कोरोना...

बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...

भारतमा नयाँ संक्रमित घटे, ज्यान गुमाउने बढे

एजेन्सी, ३ माघ । भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्