प्रदेश १ मा ६ सय ५३ जनाको नमुना परिक्षण

 न्यूज विराट
प्रदेश १ मा ६ सय ५३ जनाको नमुना परिक्षण

विराटनगर, बैशाख २–प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) को गति बढेसंगै यसको नतिजा आउने संख्या पनि थपिएको छ । दु्रत परीक्षण र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म जम्मा ६ सय ५३ जनाको नमूना परीक्षण भएको छ ।

यापिड डाइग्नोष्टिक टेष्ट विधिअन्तर्गत मंगलबारसम्म जम्मा ४ सय २ जनामा कोरोना परीक्षण गरिएका सबैको नतिजा ‘नेगेटिभ’ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ । अन्य २० जनाको नतिजा आउन बाँकी रहेको छ । सो विधिबाट जम्मा २ सय ५१ को नमूना परीक्षण भएको जनाइएको छ ।

गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण सुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मंगलबारसम्म क्वारेन्टाइनमा बस्नेको ५ सय ३८ जना छ । ५३ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा मंगलबारसम्म १० जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा जम्मा ३ हजार ६ सय ८० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

लुम्बिनी : विपक्षी गठबन्धन मुख्यमन्त्रीमा पोखरेलको नियुक्तविरुद्ध अदालत जाने

अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्षधर) र जनमोर्चाको विपक्षी गठबन्धन पोखरेलको...

देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय...

फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

काठमाडौं, माघ २७ । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो...

मेरिल्याण्ड कलेज अगाडी पार्किङ गरेको मोटरसाईकल चोरीमा संलग्न चार जना पक्राउ

विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष...

पूर्वडीआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

काठमाडौं, १० साउन-सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका...

दिल्लीमा फोहोरको थुप्रोमा कोरानाबाट मृत्यु भएकाको शव

एजेन्सी, जेठ ३०-भारतको सर्वोच्च अदालतले कोरोना भाइरसका विरामीको उपचार र शब व्यवस्थापनमा भइरहेको व्यवहारलाई लिएर कडा आदेश जारी गरेको छ । अदालतले दिल्ली सरकारमाथि प्रश्न उठाउँदै भनेको छ, ‘यदि मानिसका शब फोहोरको थुप्रोमा भेटिन थालेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्