काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

 न्यूज विराट
काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति भएको उक्त घटनाका घाइतेको निजामती अस्पताल नयाँ बानेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य २ घाइतेको पहिचान खुलेको छैन । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार सिलिन्डर पड्किँदा पसलनजिकै रहेको बा७१प ७४१ नम्बरको स्कुटर जलेर नष्ट भएको भएको छ ।

यसैबीच, राति नै काठमाडौं महानगरपालिका–६, सिमलटारमा रोकिराखेको बा८८प४५ नम्बरको मोटरसाइकलमा आगलागी हुँदा क्षति पुगेको छ । स्थानीयवासीले समयमै आगो निभाएकाले ठूलो क्षति हुन नपाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

आयोगले भन्यो : मानव अधिकार उल्लंघन भए/नभएको अनुसन्धान गर्छौं

काठमाडौं, १८ वैशाख-सत्तारूढ दल नेकपा सांसदहरू महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै...

राजपा र समाजवादीकाे संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडाैं, १९ जेठ-राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । संविधान संशोधन विधेयक लिएर राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवलगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका...

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

बेलायतमा कोभिड-१९ बाट ६३ जना नेपालीले ज्यान गुमाए

एजेन्सी, जेठ ३-कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिएका हुन् । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।...

मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सम्पन्न

जनकपुर, फागुन ६–मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सप्तरीको बोदेबर्साइन ५ जाजरमा सम्पन्न भएको छ । नेपाल तथा भारतका गरी करिब २ लाख भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना...

समृद्धि अभियानमा महामारीको अवरोधः प्रधानमन्त्री

काठमाडौं, १ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीले समृद्धि अभियानमा अवरोध पुर्‍याएको बताएका छन् । तिहारका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले महामारीले स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनसँगै समृद्धि अभियानमा अवरोध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्