कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको शव व्यवस्थापन

 न्यूज विराट
कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको शव व्यवस्थापन

डडेल्धुरा, १३ असार-चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । भरतपुरको नेपाली सेनाको कालीबहादुर गणको टोलीले मृतक पुरुषको शव व्यवस्थापन गरेको हो आफन्तको उपस्थितिमा शव भरतपुर महानगरपालिका-१ स्थित वागेश्वरी जंगलमा गाडिएको छ । कैलालीको गोदावरी नगरपालिका ति पुरुषको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको थियो ।

उनी ७ महिना अघिदेखि फोक्सोको क्यान्सरसँग लडिरहेका थिए । मृतक पुरूष भारतमा फोक्सोको क्यान्सरको उपचार गराएर १ महिना अघि घर फर्किएका थिए । ४ पटक केमोथेरापीसमेत लगाएका थिए। मृतकको खकारमा रगत देखा पर्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने समस्या रहेको अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि धनगढीमा उपचार सम्भव नभएपछि असार १० गते चितवन मेडिकल कलेजमा लगेर उनको आइसोलेसन वार्डमा उपचार शुरू गरिएको थियो । कोरोना परीक्षण गर्दा बिहिवार पोजिटिभ देखिएपछि सोहि दिन नै उनलाई भरतपुर अस्पतालको आइसोलेसन ल्याइएको थियो ।

सम्बन्धित समाचार

मोरङको डाइनियामा सुन पसल चोरी, भाग्दै गर्दा दुई जना पक्राउ

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ९ डाइनिया स्थित मोतिचन्द साहको घरमा कोठा भाडामा लिएर बस्ने ब्रिजलाल साह सोनारले सञ्चालन गरेको ‘मनिष ज्वेलर्स’ मा चोरी भएको छ । सटर मुनि लगाईएको ईटाको देवाल भत्काई ज्वेलर्समा रहेको...

नाट्टा कोशी प्रदेशको अध्यक्षमा पुण्य भट्टराई निर्विरोध निर्वाचित

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको अध्यक्षमा पुण्य प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा नाट्टाको शनिवार सम्पन्न भएको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनबाट भट्टराई...

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, ३ जेठ-नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको गरिएको परीक्षणमा ३ जनामा कोरोना...

सार्वजानिक गाडी दुरूपयोग गरेको भन्दै कानेपोखरीमा स्थानीयको विरोध

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनामले सार्वजानिक विदाको दिन सरकारी गाडी दुरूपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।सार्वजानिक विदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय गाउँपालिकाको मुख्य गेटमा मंगलबार...

सोमबार थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाठौं, २६ जेठ-सोमबार थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सोमबार थप ३ सय १४ जनामा...

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै, यस्ताे छ धार्मिक र सांस्कृतिक महत्व

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...

भाेलि दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट बानेश्वरमा

काठमाडाैं, २४ वैशाख-राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हाे । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्