किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

 न्यूज विराट
किम जोङ–उन कहाँ छन् अमेरिकालाई थाहा छैन : पोम्पेओ

एजेन्सी, बैशाख १८-उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अवस्थाबारे अमेरिकालाई जानकारी नरहेको विदेशमन्त्री माइक पोम्पेओले बताएका छन् ।  उनले किमलाई पछिल्ला केही दिनयता नदेखेको र उनको स्वास्थ्यका बारेमा आइरहेका खबरहरु र त्यसको वास्तविकताबारे नजिकबाट नियालिरहेको उनको भनाइ छ ।

उनले उत्तर कोरियामा कोरोना भाइरसको महामारी या भोकभरीको समस्या भएको हुनसक्ने भन्दै चासो समेत व्यक्त गरेका छन् । ११ अप्रिलमा अन्तिम पटक सञ्चारमाध्यममा देखिएका ३६ वर्षीया किमको १२ अप्रिलमा मुटुको शल्यक्रियापछि गम्भीर बिरामी रहेको खबर बाहिर आएका थिए ।

त्यसयता उनी १५ अप्रिलमा संस्थापक नेता तथा हजुरबुबा किम इल सुङको जन्मोत्सवमा समेत सहभागी नभएपछि विश्वप्यापी चासो बढेको छ । तर अधिकारीहरुले किमको स्वास्थ्यका बारेमा आएका समाचारहरु गलत रहेको र उनी जीवित र स्वस्थ रहेको दाबी गर्दै आएका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता कि वोनसानमा रहेको रिसोर्टमा आफूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि बसिरहेको दाबी समेत गरिएको छ । कोरोना भाइरसको महामारी सुरु भएपछि जनवरीको अन्त्यमा उत्तर कोरियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो ।

अमेरिकी विदेश मन्त्री पोम्पेओले फक्स न्यूजसँग कुरा गर्दै भनेका छन्, ‘हामीले उनलाई देखेका छैनौँ, आजको दिनसम्म उनीबारे हामीसँग कुनै जानकारी छैन । हामीले नजिकबाट नियाली रहेका छौँ ।’

उत्तर कोरियाका सबै गतिविधि र चासोमाथि अमेरिकाले नजिकबाट नियाली रहेको उनको भनाई थियो । दुई दिनअघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको अवस्थाबारे आफू जानकार रहेको बताएका थिए ।

सम्बन्धित समाचार

राष्ट्रियसभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न आयोगको आग्रह

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । यही १२ माघमा हुने निर्वाचनका लागि गए राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न...

विराटनगरमा पहिचानवादीको जनलहर (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग राख्दै असन्तुष्ट बनेका आदिवासी जनजाति संघ संगठनहरुले आज विराटनगरमा भव्य प्रदर्शन गरेका छन् । उनीहरुले विराटनगरमा भएको प्रदर्शनमा २० हजार मानिस सहभागी भएको दाबी...

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...

म र प्रचण्डबीच फाटाे ल्याउने ओलीप्रयास सफल हुन दिँदैनौँः माधव नेपाल

नेकपा वरिष्ठ नेता माधव नेपालले आफू र प्रचण्डबीच फाटाे ल्याउने प्रधानमन्त्री केपी ओलीकाे प्रयासलाई सफल हुन नदिने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहकाे केन्द्रीय संघर्ष समितिले काठमाडाैंमा आयाेजना गरेकाे विराेधसभामा नेता नेपालले आफूहरू पदका लागि नभई विधि...

भगतलाई उपाध्यक्षको जिम्मेवारी

विराटनगर, फागुन २२–विराटनगरका व्यवसायी पशुपति भगतले नेपाल कृषिजन्य आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको केन्द्रिय उपाध्यक्षको जिम्मेवारी पाएका छन् । चितवनको सौराहामा सप्पन्न केन्द्रीय भेलाले भगतलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । भगत...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचनासहित)

काठमाडौं, १८ माघ । मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ (निगमको डिपो क्षेत्रको...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

खानेपानीको संरक्षण र समोचित उपयोगमा जोड

विराटनगर । खानेपानीको संरक्षण र समोचित उपयोगका लागि उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्यौदामाथि सोमबार विराटनगरमा भएको छलफल कार्यक्रममा सरोकारवालहरुले यस्तो बताएका हुन् ।छलफलका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्