धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

 न्यूज विराट
धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि भएको छ । भारतमा बुधबारसम्म ३१ हजार ३ सय २४ जनामा संक्रमण देखिएको छ । यहाँ १ हजार ८ जनाको काेराेनाबाट मृत्यु भएको छ ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा धेरै प्रभावित बनेको छ । यहाँ १० लाख ३५ हजार ७ सय ६५ जना संक्रमित भेटिएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजारनजिक पुगेको छ ।

दोस्रो नम्बरमा स्पेन छ । यहाँ २ लाख ३२ हजार १ सय २८ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २३ हजार ८ सय २२ पुगेको छ । तेस्रो, चौथो पाँचौँ नम्बरमा क्रमश: इटाली २ लाख १ हजार ५ सय ५ जना, फ्रान्स १ लाख ६५ हजार ९ सय ११ जना, यूके १ लाख ६१ हजार १ सय ४५ जना संक्रमित रहेका छन् ।

जर्मन टर्की, रसिया, इरान र चीन क्रमश: संक्रमितको संख्याको आधारमा छैटौँ, सातौँ, आठौँ, नवाैँ र दशौँ स्थानमा रहेका छन् । त्यसैगरी, ब्राजिल, क्यानडा, बेल्जियम, नेदरल्याण्ड संक्रमण दरका आधारमा ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् ।

५ महिनाअघिदेखि चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीका रूपमा फैलिएको कोराना भाइरसबाट विश्वभरमा अहिलेसम्म २ लाख १८ हजार २४ जनाको मृत्यु भएको छ । त्यस्तै, उपचारपछि निको भएर घर फर्किनेको संख्या ९ लाख ५९ हजार २ सय २४ रहेको छ ।

सम्बन्धित समाचार

माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता...

नयाँ पार्टी दर्ता गर्न राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...

कोरोनाका ३ जना नयाँ संक्रमित फेला

नेपालमा एकैपकट थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको सक्रमण देखिएको पुष्टि गरेको हो । तीनै जना सुदूरपश्चिम प्रदेशका बासिन्दा हुन् । मुम्बइबाट फर्किएका...

रुकुम हत्या काण्ड छानविन गर्न सांसद बराइलीको माग

विराटनगर, जेठ १५–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद उमिता बराईलीले रुकुम हत्या काण्डको संसदिय समिति मार्फत छानविन गर्न माग गरेकी छन् । बिहिबार प्रदेश नं. १ प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बराईलीले सो घटनाको संददिय...

मिल्स क्रिकेट प्रतियोगिता : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल...

धरानमा कोरोनाबाट बालिकासहित थप दुई जनाको मृत्यु

विराटनगर, १९ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका- ६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्