कोरोनाका ३ जना नयाँ संक्रमित फेला

 न्यूज विराट
कोरोनाका ३ जना नयाँ संक्रमित फेला

नेपालमा एकैपकट थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको सक्रमण देखिएको पुष्टि गरेको हो ।

तीनै जना सुदूरपश्चिम प्रदेशका बासिन्दा हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीकै ३४ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि नेपालमा छ जनामा संक्रमण देखिएकोमा थपिएकासहित संक्रमित संख्या ९ पुगेको छ । एक जना भने संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

सरकारले भारतबाट नेपाल आउने आधिकारिक नाका तोक्यो

काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

तोकियो गहुँको समर्थन मूल्य, प्रतिक्‍वीन्टल ९६ रुपैयाँ बढाइयो

सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । गत वर्षको तुलनामा केही रकम बढाएर सरकारले गहुँको समर्थन मूल्य तोकेको हो । कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँको समर्थन मूल्य बढाउने प्रस्ताव २० फागुनमा...

मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

विराटनगर । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो । साहबाट पीडित भएकाहरू विराटनगर...

हिन्दु राष्ट्र र राजसंस्था मान्नेसँग मात्र एकता गर्ने राप्रपा निर्णय

काठमाडौं, पुस १३–कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रप्रति प्रतिवद्धता जनाएर पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । राप्रपाको केन्द्रीय पदाधिकारी र कार्य सम्पादन...

प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज

विराटनगर, १७ मंसिर–प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

इजरायलमा राजेशको शव, शोकमा सुनसरीको मधुवन

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेश कुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना...

कतारले पठाएको सामान नेपाल आइपुग्याे

काठमाडौं, १७ वैशाख-कतारले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कतारले सहयोगस्वरूप प्रदान गरेको सामग्री रिसिभ गर्न लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए । कतारले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्