कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 न्यूज विराट
कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको कार्यालयले काठमाडौं मुद्दा दर्ता गराएको हो । 

उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । ऐनको दफा २ को क अनुसार कालोबजारी, दफा ३ को १ अनुसार नाफाखोरीको, दफा ५ अनुसार जम्माखोरी तथा कृतिम अभावको आरोपमा मुद्दा दायर गरिएको छ । यी तीन वटानै आरोपमा अधिकतम १ वर्ष कैद हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै प्रहरीले उनी विरुद्ध १५ लाख ७८ हजार जरिमाना माग गरेको थियो ।

२५ चैतमा महानगरीय अपराध महाशाखाको टोली आफै ग्राहक बनेर  अग्रवाललाई पक्राउ गरेको थियो। करिब ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गर्ने अग्रवाल सहित ६७ वटा थर्मल गन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

सवारी चालकको स्वास्थ्य परीक्षण : ११ जना लागूऔषध सेवन गरेको भेटियो

विराटनगर । मोरङ बेलबारी नगरपालिका १ स्थित ट्राफिक प्रहरी पोष्ट बेलबारी अगाडिको पूर्व–पश्चिम राजमार्ग सडक खण्डमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश प्रहरी...

प्रदेश १:संक्रमितलाई राख्न आइसोलेसन शैयाको अभाव, रंगेली नगरपालिकाले आफै स्थापना गर्यो

विराटनगर, साउन २५–प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैया पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपी कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही...

शेरबहादुर फर्किए प्रचण्ड–माधव समूहमा

काठमाडौं, ९ पुस-विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले आफ्नो ‘कित्ता क्लियर’ पार्ने क्रम जारी छ । यसै क्रममा ओली समूहको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका नेता शेरबहादुर तामाङ प्रचण्ड–माधव समूहमा फर्किएका छन् ।...

कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।दुई दिन सम्म संचालन हुने सो प्रतियोगिताको उद्घाटन कोशी...

पत्रकार विश्वकर्मालाई सम्मान गरिने

विराटनगर, २७ मंसिर–मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका सकृय पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पत्रकार विश्वकर्मालाई सम्मान गर्ने भएको हो । महासंघ...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा...

सद्भाव, सहिष्णुता र मेलमिलाप सम्वद्र्धनमा बकर इदको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, १७ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले बकर-इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।  इस्लाम धर्मावलम्बीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्