क्वारेन्टाइनबाट फर्किएकामा देखियो कोरोना संक्रमण

 न्यूज विराट
क्वारेन्टाइनबाट फर्किएकामा देखियो कोरोना संक्रमण

जनकपुर, १६ वैशाख-रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्किएर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए । तर क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना संक्रमण देखिएको हो ।

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनी घर फर्किएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी भइरहेको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी क्वारेन्टाइनमा बसिरहेका छन् ।

सम्बन्धित समाचार

श्रम मन्त्रीलाई स्वास्थ्यकर्मी र कर्मचारीको ध्यानाकर्षण

पोखरा, १० असार-निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका समस्या श्रम मन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापा नेतृत्वको टोली मंगलबार श्रम मन्त्रालय पुगेर कोभिड-१९ को महामारीमा फ्रन्टलाइनमा बसेर...

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

चीनमा याे वर्ष अत्यधिक जाडाे हुने, विद्युत आपूर्ति नियमित पार्न सकस

एजेन्सी, २२ कात्तिक । यस वर्षको जाडो याममा चीनका कतिपय क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउने भएको छ । जाडो अध्यधिक हुँदा बिजुलीको खपत बढ्ने तर आपूर्ति कायम राख्न समस्या पर्न सक्ने चीनले बताएको हो ।...

प्रसूति गृहमा २८ वर्षीया सोमिकाले जन्माइन् पाँच शिशु 0

काठमाडौं, १९ असोज-तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ ।  सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै...

विराटनगरमा खानेपानीका लागि पाइपलाइन विस्तारको परीक्षण सुरु

विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ ।जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको...

कोरोना नेगेटिभ रिपोर्ट नभए अमेरिका प्रवेश गर्न नपाइने

अमेरिका उडान गर्न चाहने यात्रुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ । त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरूले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्