मुख्यमन्त्री राईले गरे प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

 न्यूज विराट
मुख्यमन्त्री राईले गरे प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

विराटनगर, ३० मंसिर–प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरे । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनले बताए । मन्त्री घिमिरेले भने ‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ ।’ शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने दावी गरे । सो पयोगशाला ६ महिना भित्रमा निर्माण सम्पन्न हुने उनले बताए ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले प्रयोगशाला स्थापनापछि कुनैपनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरि सेवा शुरु गर्न सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेश स्तरिय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताए । उनले प्रयोगशाला निर्माणका लागि आवस्यक सहयोग गर्न महानगर तयार रहेको बताए । प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ द चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिवोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्ले लगायतले बोलेका थिए । सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको हो । भवन निर्माणका लागि ८ बजेट उपलब्ध गराईने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।

सम्बन्धित समाचार

३ महानगरले घरजग्गाबापतको ७५ करोड रुपैयाँ उठाउन सकेनन्

काठमाडौं, ३१ असार-३ महिनागरपालिकाले कानुनले दिएको अधिकारअनुसार घरजग्गा र सम्पत्तिबापतको कर उठाउन सकेका छैनन् । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनअनुसार १ सय जना करदाताबाट यस्तो रकम उठाउन नसकेको देखिएको हो । स्थानीय सरकार सञ्चालन...

बाहिरी तागतले माधव नेपाललाई एमालेबाट चुँडायो : ओली

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई बाहिरी शक्तिले एमाले छोड्न बाध्य पारेको बताएका छन् । एमाले फुटेपछि दिएको पहिलो अन्तर्वार्तामा उनले नेपालसँग आफूले बारम्बार भेट्न खोज्दा पनि नमानेको...

तास र नगद सहित ६ जना जुवाडे पक्राउ

विराटनगर, ६ मंसिर । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण...

ओली समूहले गर्‍याे प्रचण्डमाथि कारबाही, चार प्रदेश हटाइए, नयाँ ताेकिए

काठमाडौं, ९ पुस-नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो । बैठकले प्रदेश १ का इन्चार्ज...

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

सीमा विवाद टुंग्याउन नेपाल-भारत संयुक्त आयोगको बैठक सकारात्मक : परराष्ट्रमन्त्री

नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ । भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन...

सीमा विवाद टुंग्याउन आफ्नै नेतृत्वमा कार्यदल बनाउन सुजताको माग

काठमाडौं, २९ वैशाख-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले जारी सीमा विवाद टुंग्याउनको लागि आफ्नै नेतृत्वमा कार्यदलको माग गरेकी छन् । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो माग गरेकी हुन् । भारतले बंगलादेशको सीमानाका समस्या वार्ताबाट...

समाजसेवी गोयलले भद्रपुरमा विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो । भद्रपुर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्