राशिफल

आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भयोः गुरुराज घिमिरे

 न्यूज विराट
आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भयोः गुरुराज घिमिरे

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा पराजित भएका नेता गुरुराज घिमिरेले पार्टीको आन्तरिक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्म दुरुपयोग भएको आरोप लगाएका छन् ।

सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले पार्टीको आन्तरिक प्रतिष्पर्धामा आफूविरुद्ध सरकारी शक्ति प्रयोग भएको दावी गरे । ‘पार्टीको आन्तरिक लोकतान्त्रीक प्रतिष्पर्धामा राज्यशक्तिको हदैसम्मको दुरुपयोग भएको छ ।’ उनले भने,‘म सरकारी प्रकोपमा परें ।’

घिमिरेले दुई मत मात्र कम देखिएको र त्यसमा आफ्नो चित्त नबुझेकाले पुनः मतगणनाका लागि माग गरेको स्पष्ट पारे । उनले मतगणनामा कमि–कमजोरी भएको हुनसक्ने भएकाले पुनः मतगणनाको माग गरेको र त्यसपछि आउने परिणाम सहजै स्वीकार गर्ने बताए ।

प्रदेश अधिवेशन अन्तर्गत सोमबार विहान सम्पन्न अन्तिम मतमरिणाम अनुसार घिमिरे सभापति पदमा उद्धव थापासँग दुई मतले पराजित भएका थिए । मत परिणाम अनुसार थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याएका छन् ।

घिमिरे संस्थापन इतर पौडेल–कोइराला पक्षका हुन भने थापालाई देउवा–सिटौलाको समर्थन थियो । मतपरिणाम प्रति असन्तुष्ट जनाउदै घिमिरेले पुनः मत गणनाका लागि निवेदन दिएका छन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...