काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

 न्यूज विराट
काठमाडौंबाट घर ल्याउन होडबाजी, सीमापारि रहेकालाई बेवास्ता

कञ्चनपुर, १५ वैशाख-अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौंमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ बस पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा लाग्न सकेको छैन ।

काठमाडौंबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाडौंमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका नेता र विद्यार्थी नेता अग्रसर रहेको देखिएका छन् । सामाजिक सञ्जालमा राहत वितरण र उद्धार गरी घर पठाउने विषयले चुनावी झझल्को दिए पनि झण्डै १ महिनादेखि घर आउन नपाएर सीमावर्ती भारतीय बजारका विद्यालयमा आश्रित नेपाली मजदुर घर ल्याउन जनप्रतिनिधिका साथै प्रदेश र स्थानीय सरकार गम्भीर भएको देखिँदैन ।

काठमाडौंलगायत बाहिरबाट यहाँ आइरहेका नागरिकलाई १४ दिन क्वारेन्टाइन राखेपछि मात्रै होम क्वारेन्टाइनमा राख्न कञ्चनपुरको स्थानीय प्रशासनले स्थानीय तहलाई सचेत गराए पनि कार्यान्वयन नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्ने चिन्ता रहेको छ । ‘सीमापारि रहेकालाई यहाँ ल्याएर क्वारेन्टाइनको व्यवस्था रहे पनि आफ्ना नागरिकलाई यता ल्याउने विषयमा गम्भीर कोही पनि देखिँदैन’ सुरक्षा निकायका एक प्रमुखले भने, ‘सीमापारि रहेका मजदुरका विषयमा बोल्ने जनप्रतिनिधिसमेत यहाँ देखिएनन् ।’

सर्वोच्च अदालतले समेत लकडाउनका कारण भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइन राखिएका नेपालीलाई घर फर्काउन अन्यथा भारतमै गाँस, बासको प्रबन्ध मिलाउन आदेश जारी गरे पनि सुनुवाइ भएको छैन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काठमाडौंलगायत कुनै पनि ठाउँबाट मान्छे ओसार्न जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको बताएको छ ।

‘बाहिरबाट आउनेको विवरण सङ्कलन र तापक्रम मापन जिल्ला प्रशासनको पहलमा कञ्चनपुरको गजरौला गर्दैछौँ’ सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘बाहिरबाट आउनेलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्छ भनेर हामीले परिपत्रसमेत गरेका छौँ ।’ उनले केही स्थानमा क्वारेन्टाइन राखिए पनि बाहिरबाट आउने अधिकांश घर फर्किरहेको सुन्नमा आएको बताए ।

‘सरकारको नीतिअनुसार जो जहाँ छ त्यही बस्नुपर्ने हो’ सहायक प्रजिअ उपाध्यायले भने, ‘हामीले कहीँबाट पनि जिल्लामा मान्छे भित्र्याऊ भनेर स्वीकृत दिएका छैनौँ ।’ काठमाडौं सवारी लिन गइरहेका बसलाई जिल्ला प्रशासनबाट स्वीकृत नभएको उनले बताए ।

‘पहिलोपटक आएका ८६ जनाको गजरौलामा नमूना परीक्षणसमेत गर्यौ’ उनले भने, ‘आउनेको क्रम बढेपछि त्यो पनि सम्भव भएन ।’ उनले आइतबार साँझसम्म अन्यबाट ३८६ कञ्चनपुर भित्रिएको बताए । क्वारेन्टाइनको व्यवस्थापन स्थानीय तहले गरेको भए पनि मान्छे राख्न गम्भीर नदेखिएको उनको भनाइ थियो ।

कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा, टनकपुरलगायतका क्षेत्रमा आश्रय लिइरहेका नेपालीलाई स्वदेश ल्याउन स्थानीय प्रशासनले समन्वय गरे पनि ल्याउने विषयमा दुवै देशका सरकारबीच कुरो नमिलेको उनले बताए । ‘हामीले केही दिनअघि मात्रै सीमापारि गएर स्थलगत अनुगमनबाट नेपालीको अवस्था बुझ्ने काम गरेका थियौँ’, उनले भने, ‘नेपालीको स्वास्थ्य अवस्था सामान्य र खान, बस्नको व्यवस्था राम्रो भए पनि उनीहरुले आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहेका छन् ।’ सीमापारि २५१ नेपाली रहेको बताउँदै उनले त्यहाँबाट ल्याउन सकिए भीमदत्तनगरको बैजनाथ स्कूलको क्वारेन्टाइनमा राख्ने गृहकार्य भएको बताए ।

सीमापारि रहेकालाई ल्याउने विषयमा स्थानीय प्रशासन केन्द्रको आदेश कुरिरहेको छ । कञ्चनपुरका २७ स्थानमा करिब ६ सय बढी शय्याको क्वारेन्टाइन स्थापना गरिएका भए पनि हालसम्म छ महिलासहित १६१ जना मात्रै बसिरहेका छन् । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले सीमापारि रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्ने दायित्व सरकारको भएको बताए ।

त्यसैगरी २ दिनयता यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा समेत समिति यात्रुबाहक बस सञ्चालन भइरहेका छन् । भीमदत्तनगरका समाजसेवी लीलाध्वज बस्नेतले सीमापारि रहेका नागरिक ल्याउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ‘१४ दिन भनेको ठाउँमा २५ दिन बस्दा स्वास्थ्य समस्या देखिएन भने सुरक्षा सतर्कता अपनाएर घर फर्काउन गम्भीर हुनुपर्छ’ बस्नतेले भने, ‘नागरिकको मानसिक तनावलाई पनि ख्याल गर्नुपर्छ ।’

कञ्चनपुरको क्वारेन्टाइनमा बसेका २९ जना भारतीय मजदूर स्वास्थ्य परीक्षणमा अवस्था सामान्य रहेपछि यहाँको महाकाली नदीमा निमार्णाधीन ४ लेनको पुलमा ज्यालादारीमा लागेका छन् । रासस

सम्बन्धित समाचार

१ डाक्टरसहित ३ कर्मचारी संक्रमित, ३९ जनालाई पठाइयो क्वारेन्टाइनमा

एजेन्सी, बैशाख १- भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालका ३९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । सो अस्पतालले १ जना डाक्टर, एक नर्स र एक सहायक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो...

संखुवासभाको खाँदबारी बजार १ हप्ताका लागि बन्द

विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो ।  कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको...

पाठ्यभार घटाएर भए पनि शैक्षिकसत्र पूरा गरिन्छ : शिक्षामन्त्री

काठमाडौं, १७ भदौ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् ।  अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर...

मल कारखानाको सम्भाव्यता अध्ययनका लागि तीन सदस्य समिति गठन

काठमाडौं, २७ कात्तिक-सरकारले नेपालमा रसायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न तीन सदस्य समिति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको प्रस्तावमा स्वेदशमा मल कारखाना खोल्ने सम्बन्धमा अर्थमन्त्रीको नेतृत्वमा उद्योगमन्त्री र कृषि मन्त्रीसहितको तीन सदस्यीय...

चट्याङ लागेर सुनसरीमा एक बालिकाको मृत्यु

सुनसरी, ३१ भदौ-सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  खेतमा माछा मार्न गएको बेला...

मास्कमा बढी मूल्य असुल्ने फार्मेसीलाई २ लाख जरिमाना

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला बढी मूल्य लिएर सामान बेचेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका...

विश्वभरी कोरोनाका कारण २४ घण्टामा ५४ सयको मृत्यु

एजेन्सी, बैशाख २७-विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्