संखुवासभाको खाँदबारी बजार १ हप्ताका लागि बन्द

 न्यूज विराट
संखुवासभाको खाँदबारी बजार १ हप्ताका लागि बन्द

विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो ।  कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको छ ।

बजारमा दैनिक उपभोग्य अत्यावस्यक सामान बाहेक सम्पुर्ण पसल बन्द गरिएको उधोग बाणीज्य संघ संखुवासभाका अध्यक्ष युवराज शाक्यले बताए । अहिले काठमाण्डौ लगायतका शहरबाट जिल्लावासी घर फर्किने क्रम रहेकोले सम्भावित जोखिमलाई न्यूनिकरण गर्न बजार बन्द गरिएको उनले बताए ।

यतिबेला खाँदवारी बजार सुनसान रहेको छ र सवैलाई आफनो घरबाट अत्यवस्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध समेत गरिएको छ । त्यस्तै संखुवासभा जिल्लाको बरुण क्याम्पस हाता भित्र क्वारेन्टाईन तयारी पूरा गरिएको छ । क्याम्पस हाता भित्र ३० बेडको क्वारेन्टाईन तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले बताए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्