लकडाउनले सुनसान बन्यो गुराँसको राजधानी टीएमजे

 न्यूज विराट
लकडाउनले सुनसान बन्यो गुराँसको राजधानी टीएमजे

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा फैलिएको तीनजुरे–मिल्के–जलजले (टीएमजे)को गुराँसे वन प्रदेश-१ को महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रमा गुराँस फुल्न सुरु भए पनि लकडाउनका कारण वन क्षेत्र सुनसान छ ।

५ सय ८५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको तीनजुरे, मिल्के र जलजले क्षेत्रमा गुराँस फुल्ने सिजन फागुनदेखि जेठसम्म हो । सो क्षेत्रमा यतिबेला थरीथरीका गुराँसले डाँडाकाँडा भरिभराउ छन् । मनै लोभ्याउने गरी राताम्मे गुराँस फुले पनि कोरोना भाइरसको संक्रमणकाे न्यूनीकरणका लागि सरकारले लकडाउन गरेपछि गुराँसे वन सुनसान बनेकाे हाे ।

गएको वर्षभन्दा यस वर्ष धेरै थरीका गुराँस फुलेका छन् । गत वर्ष मात्रै गुराँस फुल्ने सिजनमा करिब ५० हजार पर्यटकहरू भित्रिएको भए पनि अहिले कोही नआएको स्थानीयले सोना तामाङले बताए ।

विश्वमा पाइने ३३ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस एकै ठाउँमा पाइनुले टीएमजे क्षेत्रलाई गुराँसको राजधानीसमेत भन्ने गरिएको छ । गुराँस फुलेको समयमा अघिल्लो वर्षसम्म दैनिक २ हजारदेखि ५ हजारसम्म आन्तरिक र बाह्य पर्यटकहरू आउने गरेका थिए ।

यस क्षेत्रका चौकी, मंगलबारे, गुफापोखरी, सुकेपोखरी, घुर्बिसे पञ्चमीलगायत आधा दर्जन बढी बजारहरू गुराँसे पर्यटनमा निर्भर छन् । तर, लकडाउनका कारण पर्यटकहरू नआएपछि गुराँसे पर्यटनले धानेको यो क्षेत्रका व्यवसायी मारमा परेको स्थानीय होटल व्यवसायी यज्ञ कार्कीले बताए ।

टीएमजे क्षेत्रमा विशेषगरी मंसिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि वैशाख, जेठसम्म गुराँस हेर्न पर्यटक आउने गर्छन् । गुराँसे वन साथै आसपासका भौगोलिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र पर्यटकको रोजाइमा पर्छ । तर, लकडाउका कारण पर्यटक नआएपछि यहाँको पर्यटन संकटमा पर्न थालेको छ ।

सम्बन्धित समाचार

प्रतिबन्धित रेडबुल बिक्री वितरण गर्ने चार जना पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ रेडबुल बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बबरमहलका ४४ वर्षीय रवीन श्रेष्ठ, बाँके कोहलपुर घर भई हाल गंगबु बस्ने ३६ वर्षीय राजु पौडेल, ओखलढुंगा घर...

रबिन कार्कीविरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता

विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...

विराटनगरमा नेवार समुदायले मनाए यःमरी पूर्णिमा (फोटो फिचर)

विराटनगर । नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन् । नेवा : दय् दवू विराटनगर ३ नम्बर वडाले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी याःमरी पूर्णिमा मनाएको हो । नेवार समुदायले ठूलो चाडका...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

कांग्रेस मोरङले सुरु गर्यो कोरोना भाइरसबारे सचेतना अभियान

विराटनगर, चैत १०–नेपाली कांग्रेस मोरङले कोराना भाइरसबारे सचेतना अभियान सुरू गरेको छ । कांग्रेसको विभिन्न तहबाट आएको सुझावका आधारमा मोरङ कांग्रेसले सचेतना अभियान सुरू गरेको हो । मोरङ काग्रेसका सभापति डिगबहादुर लिम्बूका अनुसार प्रचारप्रसारलाई व्यापक...

आज तिहारको चौँथो दिन गाई, गोरु, गोवद्र्धन र हलि पूजा

काठमाडौं, कार्तिक १९ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको...

प्रदेश १ मा ४६७ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्