कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छः महासचिव गुटर्रेस

 न्यूज विराट
कोरोनाको खोप सबैका लागि उपलब्ध हुनुपर्छः महासचिव गुटर्रेस

एजेन्सी, बैशाख १३-संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन् ।

उनले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकाले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ ।’

यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक वस्तुजस्तै हुनुपर्नेमा उनको जोड छ । विश्वका केही देशले पछिल्ला केही दिनयता यो खोप मानिसमा परीक्षण गरेको भन्ने समाचार आएपछि महासचिव एन्टोनियो गुटर्रेसको यो भनाइ आएको हो ।

कोरोनाको प्रकोपका विरुद्ध खोप निर्माणको प्रतिस्पर्धा विश्वमा भइरहेकोमा २ दिनअघि बेलायत र संयुक्त राज्य अमेरिकाले यो खोपको परीक्षण मानिसमा सुरु भएको बताएका थिए ।

बेलायतमा कोरोना खोपको परीक्षण सुरु गरिएको समाचार बिहीबार मात्र सार्वजनिक भएको थियो । बेलायतले अक्सफोर्डमा मानिसमा कोरोना भाइरस खोपको पहिलो परीक्षण सुरु गरिएको समाचार आएको थियो ।

महासचिव गुटर्रेसले ट्वीटमा भनेका छन्, ‘अहिलेको सम्पूर्ण विश्वले नै यो कोभिड–१९ को महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ, यो नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।’

उनले विश्वव्यापी चासोको विषय भएकाले यससम्बन्धी तथ्यहरू सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधिका रूपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताएका छन् ।

उनले यो नयाँ प्रयासले विश्वका नेताहरू, निजीक्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरू, वैज्ञानिक तथा मानवीय सहायतामा काम गर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको पनि बताएका छन् ।

महासचिव गुटर्रेसल यो प्रयासका लागि विश्वका नेताहरूलाई धन्यवाद पनि दिएका छन् । विश्वव्यापी रूपमा फैलिएको यो कोभिड–१९ को महामारीका विरुद्धमा एक भएर लड्न पनि उनले सबैलाई आह्वान गरेका छन् ।

सम्बन्धित समाचार

यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम

काठमाडौं, २४ माघ । देशभर  आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।...

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो । तर, राज्यलाई...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

मन्त्री घिमिरेले गरे कटहरीका जेष्ठ नागरिकलाई सम्मान

विराटनगर, असार २४–प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरिकहरुका लागि आवश्यक सहयक सामाग्री वितरण गरेका छन् । मन्त्री घिमिरेले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका ४९ जना जेष्ठ नागरिकहरुलाई सम्मानसहित...

कर्तब्य ज्यान मुद्दामा माफि पाएका अभियुक्तबाट मारिए उर्लाबारीका कुशल, थप दुई जना फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको हत्या आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ । दाहालको हत्या आरोपमा मोरङ प्रहरीले उर्लाबारी– ५ का सुवास तामाङलाई बुधबार पक्राउ गरेको हो । पक्राउ...

निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति : राष्ट्रपति भण्डारी

काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति भएको बताएकी छन् । शुक्रबा संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले सरकारले समतामूलक...

भाषा, साहित्यको संरक्षण आवस्यक : मुख्यमन्त्री राई

विराटनगर, २९ असार–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवस्यक रहेकोमा जोड दिएका छन् । संघियता अघिको शासन प्रणालीले श्रष्टाहरुको खोजी, पहिचान र सम्मानको काम नगरेको उनले बताए । २ सय ७ औं...

तत्काल फिबर क्लिनिक सञ्चालन गर्न निर्देशन

प्रदेश १ का स्वास्थ्य संस्थाले फिबर क्लिनिक बन्द गरेको भन्दै तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ । सामाजिक विकास मन्त्रालयले आकस्मिक र फिबर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिए पनि कतिपय स्वास्थ्य संस्थाले फिबर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्