यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम - News Birat

यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम

न्यूज विराट

काठमाडौं, २४ माघ । देशभर  आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहने पूर्वानुमान महाशाखाले गरेकाे छ ।

प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना देखिएकाे छ ।

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles