राशिफल

नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

 न्यूज विराट
नोबेल मेडिकल कलेजका सुरक्षा गार्ड र विद्यार्थीबिच झडप, आधादर्जन घाइते

विराटनगर, १० माघ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह वेवास्ता गर्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले आन्दोलन जारी राखेका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै प्रशासनले आन्दोलन स्थगित गर्न आग्रह गरेको थियो ।

तर, राज्यलाई चुनौती दिने नोबेल मेडिकल कलेज र सञ्चालक सुनिल शर्मालाई कारवाही नभएसम्म आन्दोलन जारी राख्ने आन्दोलनरत विद्यार्थी र उनीहरुलाई साथ दिँदै आएका विद्यार्थी संगठनहरुले घोषणा गरेर सोमबार पनि आन्दोलन जारी राखेका हुन् ।

उनीहरूले सोमबार नोबल मेडिकल कलेज अगाडि सिट्टी जुलुस निकाल्दै प्रर्दशन गरेका छन् । विद्यार्थीको आन्दोलनलाई बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले नोबेल मेडिकल कलेज परिसरमा तोडफोड समेत गरेका छन् । कलेज प्रशासनमा तालाबन्दी गरेपनि नोबेलले पठन पाठन र शैक्षिक कार्यक्रम जारी राखेको भन्दै विद्यार्थीहरु तोडफोडमा उत्रिएका हुन् ।

यसैक्रममा आन्दोलनमा उत्रिएका विद्यार्थी र नोबेल मेडिकल कलेजका सुरक्षा गार्डबिच झडप समेत भएको छ । झडपमा चार जना विद्यार्थी नेता घाइते भएका छन् ।

सुरक्षा गार्डले आक्रमाण गर्दा विद्यार्थी नेताहरु ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, उमेश सेन्चुरी घाइते भएका छन् । घाइते विद्यार्थीको हात र आँखा र शरिका विभिन्न भागमा चोटपटक लागेको छ ।

भडपका क्रममा सुरक्षामा खटिएका तीन जना प्रहरीसमेत घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका प्रहरी हल्दार भोज बहादुर खड्का , प्रहरी जवान राजु कुलुङ राई र शुशिला कार्की रहेको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...