काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएपछि पत्रकारसँग बोल्दै उनले विगत १ वर्षदेखिको प्रक्रियालाई टुङ्गोमा पुर्याएको बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्चीको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यसबाट जोगाउन आफूहरू सफल भएको बताए ।
‘समाजवादी पार्टी’ र राजपा भनेको एकीकृत भइरहेको अवस्थामा एकताबद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा कहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले, यो सरकारले अनि हामी चाहीँ त्यो एकता प्रकृयालाई टुङ्ग्याइदिनु पर्छ भनेर हिजो राति बसेर २ वटै पार्टीका उपलब्ध नेताहरू बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौँ’ उनले भने ‘राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकीकृत भएका छौं । र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौँ ।’