पूर्वसचिव उपाध्यायलाई ३ र शाहीलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

 न्यूज विराट
पूर्वसचिव उपाध्यायलाई ३ र शाहीलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

काठमाडौं, ११ वैशाख-साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पाएको साइबर ब्यूरो निमित्त प्रमुख एसएसपी नवीन अर्यालले बताए ।

साइबर अपराधसम्बन्धी घटनामा प्रहरीको साइबर ब्यूरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो । उनले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘वरिष्ठ भाइरोलाेजिस्ट तथा ईपिडिओमोलजिष्ट’ डा. ओली भनेर लेखेका थिए ।

त्यस्तै, केही समयअघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो ।

त्यस्तै, लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । शाहीलाई पनि ललितपुरबाट मंगलबार बेलुका पक्राउ परेका थिए ।

सम्बन्धित समाचार

एनपीसी बैठक सुरु, चीनले आर्थिक वृद्धिको लक्ष्य नतोक्ने

एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...

माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा

काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य...

प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप दिन सुरु

विराटनगर, १४ माघ । प्रदेश १ मा आजदेखि ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासलाई कोभिशिल्ड...

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा अदालत जाँदै

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको...

लुम्बिनी : विपक्षी गठबन्धन मुख्यमन्त्रीमा पोखरेलको नियुक्तविरुद्ध अदालत जाने

अल्पमतमै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन न्यायका लागि अदालत जाने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (उपेन्द्र पक्षधर) र जनमोर्चाको विपक्षी गठबन्धन पोखरेलको...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् ।विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा...

प्रदेश १ : पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष प्रदेश सरकारले सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।मुख्यमन्त्री...

तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं, २६ जेठ-राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले सोमबार तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्