पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ संक्रमित थपिए

विराटनगर, २५ कात्तिक–प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय १०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा दुई÷दुई, इलाम र पाँचथरमा एक÷एक र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश राजधानी विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा पाँच÷पाँच, लेटाङमा चार, सुन्दरहरैँचामा तीन, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा दुई÷दुई, ग्रामथान र बुढीगंगामा एक÷एक जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा २७, विर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा छ, शिवसताक्षीमा पाँच, गौरीगञ्जमा चार, गौरादह र अर्जुनधारामा तीन÷तीन, कनकाई, हल्दिबारी र मेचीनगरमा दुई÷दुई, बुद्धशान्ति र बाह्रदशीमा एक÷एक र स्थानीय तह नखुलेका तीन जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा छ, रामधुनीमा तीन, बराहक्षेत्रमा दुई, देवानगञ्ज र हरिनगर एक÷एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका तीन, धनकुटाको धनकुटा नगरपालिकामा नौ र महालक्ष्मीमा चार, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा एक÷एक, इलामको माईनगरपालिका, पाँचथरको फिदिममा एक÷एक र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय १३ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १ हजार १ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २४ महिला र १ सय ९१ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पीसीआर र दुई हजार ६८ जनाको...

विराटनगरको पशुपति ज्वलर्समा छापा, तस्करीको ४० केजी चाँदी बरामद

विराटनगर । विराटनगर – ११ पिचरास्थित एउटा सुनचाँदी पसलमा छापा हानेर तस्करीको ठुलो परिमाणको चाँदी बरामद गरेको छ । आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद...

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

आदर्श माविको वार्षिकोत्सवमा उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ...

दार्जीलिङलाई हराउँदै एलाभेन एरोज सुनसरी सेमिफाइनलमा

ताप्लेजुङ –पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । यूकेएफसी दार्जी्लिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५२ औं...

५०३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२२ महिला र...

‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् । माओवादीका केन्द्रीय...

सुरक्षाकर्मी जोखिमकाबीच कर्तव्यपथमा, ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ जेठ-मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्