सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

 न्यूज विराट
सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस कार्यमा सहयोग गर्न साझा पार्टीले आह्वान गरेको छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर अध्यादेश फिर्ताका लागि सरकारमाथि दबाब बढाउन तीन बुँदे प्रस्ताव अघि सारेका छन् ।

‘राजनीतिक दलसम्बन्धी अध्यादेश निहित स्वार्थपूर्तिका लागि पार्टी फुटाउने कुत्सित मनशायबाट र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संवैधानिक निकायमाथि पूर्ण नियन्त्रण कायम गरी राजनीतिक प्रतिशोध साँध्ने ध्येयबाट प्रेरित भएको प्रस्टै देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

अध्यादेशविरुद्ध दबाब दिन र संघर्ष गर्न संसदमा रहेका र नरहेका इच्छुक सबै दलहरूको संयुक्त मोर्चा निर्माण गर्न उनले प्रस्ताव गरेका छन् । यसैगरी, सुरक्षा प्रोटोकलको व्यवस्था मिलाएर तुरुन्त संघीय संसदको बैठक आह्वान गर्नुपर्नेमा जाेड दिइएकाे छ ।

सम्बन्धित समाचार

२ घण्टा छाङ्ग्रुमा बिताएर फर्के प्रधानसेनापति र सशस्त्रका आईजीपी

काठमाडौं, ३ असार-दार्चुलाको छाङ्ग्रु निरीक्षण गरेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल फर्किएका छन् । ३१ वैशाखमा सशस्त्र प्रहरी बलले स्थापना गरेको आउट बोर्डर पोस्ट (बीओपी) र नेपाली...

एमाले मोरङको सम्पूर्ण शक्ति ग्रामथानको निर्वाचनमा केन्द्रीत

रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ७ असोज-कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा...

६ कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द (सूचनासहित)

विराटनगर, २ माघ । एकैपटक ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द भएको छ । विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको र अन्य कर्मचारीहरुमा...

प्रधानमन्त्री देउवाले उद्घाटन गरे टाइफाइडविरुद्धको खोप अभियान

काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख...

होम क्वारेन्टाइनमा बस्दा के–के गर्नुपर्छ ?

काठमाण्डा, चैत ४–सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट...

एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम...

सरस्वतीलाई पराजित गर्दै आर्मी शीर्षस्थानमा

काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्