स्थानीय निकायले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडीबुटी क्षेत्रमा घरजानेको भीड लागेको छ ।
लकडाउन लम्बिँदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिस हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैँ सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।
मंगलबार काठमाडौंको जडीबुटीमा घर जाने मानिसको भीड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिले सवारी साधनको व्यवस्था गरेका छन् । मानिस आफ्नो क्षेत्रमा जानका लागि सवारीसाधनको प्रतीक्षा गरिरहेका देखिन्छन् ।