काठमाडौं, ८ वैशाख-नेपाल टेलिकमका ग्राहकले शून्य ब्यालेन्समा पनि करिब ५० मिने कुरा गर्न पाउने भएका छन् । लकडाउनको कारण आफन्तसँग कुराकानी गर्न नपाएका ग्राहलाई केन्द्रित गरेको यस्तो योजना ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
तत्कालोक लागि २ लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा दिने गरे नेपाल टेलिकमले यस्तो योजना ल्याएको हो । यसअन्तर्गतका २५ वटा एसएमएस, १०० एमबी डाटा पनि प्रयोग गर्न पाइने जनाइएको छ । ७ दिनसम्म प्रयोग गर्न सकिने यस्तो डाटा आगामी २ दिनमा भित्रमा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
यो प्याकेजको प्राप्त गर्ने ग्राहकलाई एसएमएसमार्फत जानकारी पठाइने, एसएमएसको निर्धारित जवाफ एसएमएसमार्फत पठाएर प्याकेज लिन सकिने, प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने व्यवस्था गरिएको जनाइएको छ ।