ठूला होटलहरूले चैत महिनामा कर्मचारीको पूरा तलब दिएको बताएका छन् । विशेषगरी तारे होटलहरूको संस्थाका रूपमा चिनिने होटल एशोसियसन अफ नेपालले चैतमा कमजोर अवस्थाका बीच कर्मचारीलाई पूरा तलब दिइसकेको जानकारी गराएको छ ।
अब भने लामो समयसम्म नेपालका होटल क्षेत्रमा काम ल्याउन समस्या भएको भन्दै अब आधा तलको नीति अघि सारेको संघले जनाएको छ । यसअघि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट अहिले संचालनमा नरहेका संगठित कर्मचारीलाई आधा तलब दिने जनाएको थियो ।
यस विषयमा होटल व्यवसायी संघले सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवसँग छलफल गरेको छ । यस विषयमा मजदुर युनियहरू पनि सहमत भएको जनाइएको छ । संघले होटल क्षेत्रमा आगामी ३ वर्षसम्म असर गर्ने भन्दै प्याकेज लिनको लागि आग्रह गरेको छ ।