विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने

 न्यूज विराट
विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने

कञ्चनपुर, ७ वैशाख=कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ ।

जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ ।

विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार हालसम्म सवारी साधनको इ–पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ ।

अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थमा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ । रासस

सम्बन्धित समाचार

जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा वृक्षारोपण गरिएको छ । जिफन्ट कोशी प्रदेशले विराटनगरमा शुक्रबार विहान वृक्षारोपण गरेको हो । विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत बसपार्क अगाडीको...

युवाशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभावः थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताए ।समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उनले बताए । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण...

पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टाइबाट घर गएका ६ जनामा कोरोना पुष्टि 

डडेल्धुरा, १२ असार-आत्महत्या गर्ने धम्की दिँदै क्वारेन्टाइबाट घर गएकी कञ्चनपुरकी १ महिलासहित ६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्लाफाँटा नगरपालिका-११ स्थित सरस्वती माबिको क्वारेन्टाइनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा...

देशभर ५ हजार संक्रमित थपिँदा ८ हजार भए संक्रमणमुक्त

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ हजार २४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज १६ हजार ८१४ नमुना पीसीआर...

कोशी प्रदेशका मुख्यमन्त्री पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...

कमजोर बन्दै मनसुन

काठमाडौं, ७ साउन-मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम...

५८० वर्षपछि आज लाग्दै छ सबैभन्दा लामो चन्द्र ग्रहण

काठमाडौं, ३ मंसिर । ५ सय ८० वर्षपछि लामो अवधिको चन्द्रग्रहण आज लाग्दै छ । तीन घण्टा २८ मिनेट २४ सेकेन्ड अवधिकाे यो चन्द्रग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि बेलुकी ४ बजेर ३२ मिनेटसम्म लाग्ने छ । यो...

केही नयाँ कार्यक्रम राखेर सन्तुलित बजेट आयो : अध्यक्ष राजेन्द्र राउत

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले केही नयाँ कार्यक्रम राखेर सन्तुलित तरीकाको आगमी आर्थिक वर्षको लागि बजेट आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्