पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

 न्यूज विराट
पैसा फाल्ने महिलामा आरडीटी पोजिटिभ, उनीहरू बस्ने क्षेत्र सेनिटाइज गरियो

जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ ।

जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह आफैं सेनिटाइज गर्ने टोली लिएर खटिएका छन् । जानकीनगर टोलभरी नै सेनिटाइजन गरिने वडाध्यक्ष साहले बताए ।

हरेक व्यक्तिको जीवनशैली नै कोरोना भाइरसका कारण परिवर्तन भएको छ । देश लकडाउनमा छ । सर्वसधारण घरबाहिर निस्केका छैनन् । बाहिर निस्केकाहरु पनि सामाजिक दूरी कायम गरिरहेका छन् । कोही दैनिक कैयौंपटक साबुन पानीले हात धुन्छन् त कोही सेनिटाइजर प्रयोग गर्छन् ।

तर पनि कोरोना भाइरसको खतरामा रहेको महसुस सर्वसधारणले गरिरहेका छन् । प्रदेश २ का कैयौं स्थानीय तहले कोरोना भाइरसबाट जोगिन टोल–टोलमा कीटाणु मार्ने औषधि छर्किरहेका छन् । कोरोनाबाटै जोगिन जनकपुरधाम उपमहानगरपालिकाले एकसाता अघि नगरको विभिन्न स्थानमा औषधी छर्केका थिए ।

सम्बन्धित समाचार

जनतालाई गठबन्धन सरकारको अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । यो अवधिमा मात्रै खाना पकाउने एलपी ग्यासको मूल्य १२५ रुपैयाँ...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको...

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर...

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

कोरोनाबाट थप ६ जनाको मृत्यु, १८४ आईसीयू र भेन्टिलेटरमा

काठमाडौं, २४ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

कवाडी गोदाममा आगलागी अपडेट : घाइते एक जनाको मृत्यु

विराटनगर । विराटनगर ७ सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको छ । मण्डलको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका डिएसपी रन्जन कुमार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्