विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु - News Birat

विराटनगरका थप एक संक्रमित पुरुषको वीपी प्रतिष्ठानमा मृत्यु

न्यूज विराट

विराटनगर, १४ वैशाख । कोरोना संक्रमणका कारण विराटनगरका थप एक पुरुषको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार राति साढे ९ बजे विराटनगर–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई वैशाख ७ गते कोरोना पोजेटिभ भएको थियो । कोरोना पोजेटिभ देखिएपछि नोबेल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुरामणि पोखरेलले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles