उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

 न्यूज विराट
उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठानकधा अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल, नेपाली लेखक संघ कोशी प्रदेश समितिका महासचिव मीनकुमार नवोदित, झाराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं बर्बरिकलगायतले संयुक्त रुपमा महाकाव्यको विमोचन गरेका थिए । विमोचित महाकाव्यका बारेमा समालोचकसमेत रहेका कवि हरि कट्टेलले समीक्षा गरे । उनले महाकाव्यले समसामयिक विषयलाई उजागर गरेको बताए ।
खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नय उपसमितिको संयोजनमा भएको कार्यक्रममा भवानीशंकर पोखरेल, अञ्जु अश्रु, जमुना पौडेल, गोपाल निर्भीक, लक्ष्मी घिमिरे रेग्मी, दिङ्लाली कान्छो, शारदा भट्टराई, चन्द्रक्रान्त भट्टराई, अच्यूतमणि पौडेल, भरत गुरागाईं बर्बरिक, अक्ष्ली पोखरेल, रीता पाठक, लक्ष्मी रायमाझी, प्रयाग न्यौपाने, नेत्र खतिवडालगायत तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । आयोजक संस्थाका उपाध्यक्ष भूषण ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रम कवि लक्ष्मी पोखरेलले सञ्चालन गरेकी थिइन् ।
सोही अवसरमा खोटाङ सामाजिक सेवा मञ्चका तर्फबाट महाकाव्यकार भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित समाचार

नवजात शिशु बेपत्ता प्रकरण : डाक्टर कर्णसहित तीन जना जेल चलान

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...

आज २ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, जेठ १५–बिहीबार २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी...

मोरङ सहकारीमा न्यूरो सर्जरीको भरपर्दो उपचार

विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी हस्पिटलमा न्यूरो सर्जरीको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जर चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचार...

केही दिनमै डिस्चार्ज हुँदै टेकुमा उपचार गराइरहेका कोराना संक्रमित

काठमाडौं, २९ चैत-टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का २ सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा...

गोरखाको पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल

काठमाडाै‌ं। गोरखाको पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दिपकबाबु कँडेलले मनोनयन फिर्ता लिएका छन् । आइतबार विज्ञप्ती जारी गर्दै उनले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति पूर्णरुपमा इमान्दार रहेको भन्दै मनोनयन...

सानेपामा एक भारतीयको शंकास्पद मृत्यु, टाउकोमा चोट

ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । ललितपुर महानगरपालिका- २ सानेपामा शंकास्पद अवस्थामा शव फेला परेको हो । महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भारतीय नागरिक सत्यनारायण पारितको शव फेला परेको  लाई...

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

रुकुम घटनाको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसकाे माग

काठमाडाैं, १९ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्