कोभिड-१९ ‘गाइड लाइन’ उल्लंघन मेयर लालकिशोरबाटै

 न्यूज विराट
कोभिड-१९ ‘गाइड लाइन’ उल्लंघन मेयर लालकिशोरबाटै

जनकपुरधाम, ५ वैशाख-राहत बाँडनका लागि नेपाल सरकारले बनाएको गाइड लाइनको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह दुरुपयोग गरेको भेटिएको छ ।

जनकपुरधाम-८ मा गरिबहरूका लागि आज निःशुल्क भोजनको कार्यक्रम थियो । प्याब्सन धनुषाको सहयोगमा भएको नि:शुल्क भोजन कार्यक्रममा मेयर पनि सहभागि भएका थिए । उनले विनामास्क र हातमा पञ्जा पनि नलगाइ भोजन वितरण गरेपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

चेम्बर अफ कर्मस जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले आफैँ केही गर्न नसकेका मेयरले बिना पञ्जा र मास्कको कोरोना बाँडेको भन्दै आलोचना गरेका छन् । ‘जनप्रतिनिधि जस्तो व्यक्तिलाई कोरोनाबाट बच्न कस्तो सावधानी अपनाउनु पर्छ थाहा छैन वा जानी जानी वदमासी भइरहेको छ’ उनले प्रश्न गरेका छन् । श्यामबाबु जयसवालले मेयरको लापरबाहीको परकाष्ठा नाघेको सामाजिक सञ्जालमा लेखेका छन् ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस् मिट : भलिबल जुनियर छात्रको उपाधि मोर्डन एरालाई

विराटनगर । प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्र भलिवल तर्फको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ ।आइतबार सम्पन्न भएको फाइनल खेलमा उर्लाबारीको पशुपति स्कुललाई २१–२५, २५–२२ र १८–२५ को सोझो सेटले पराजित गर्दै मोर्डन...

आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

काठमाडौं, फागुन ९–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

‘फेरी पनि ओलीनै प्रधानमन्त्री’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने जिकिर गरेका छन् । मुख्यमन्त्री  पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको...

कोशी अस्पतालको स्त्री विभागमा ल्याब्रोसकोपी सर्जरी सुरू

विराटनगर । विराटनगरस्थित कोशी अस्पपतालको स्त्री तथा प्रसूती विभागमा ‘ल्याब्रोसकोपी’ सर्जरी सेवा सुरु भएको छ ।मोरङको २२ वर्षीय एक जना किशोरीको अन्डासयमा भएको सिस्टको ल्याब्रोसकोपी प्रविधिबाट अप्रेसन गरेर यो सेवा कोशीको प्रसूती विभागमा पहिलो पटक...

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

विराटनगर, ५ भदौ-विराटनगर–६ सरोचियास्थित ४५ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । घरकै होम आईशोलेशन बसेका संक्रमित पुरुषको बिहीबार राती ८ बजे मृत्यु भएको हो । भदौ ३ गते मृतक पुरुषलाई कोरोना संक्रमण पुष्टि...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

उच्च जोखिम, न्यून सतर्कता

भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्