आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

 न्यूज विराट
आज महाशिवरात्रि, पशुपतिमा २० लाखले दर्शन गर्ने अनुमान

काठमाडौं, फागुन ९–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शनिबार बेलुकी १८ः३७ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले यसैदिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाएर ग्रहण गरिन्छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी तिलगंगा राममन्दिरतर्फसमेत आवश्यकताअनुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको छ । नित्य दर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकाली लगायत स्थानमा व्यवस्था मिलाइएको छ । करिब २० लाख तीर्थयात्रुले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धूमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुन्छ ।

सम्बन्धित समाचार

स्पार्क हस्पिटलको वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर, १ सय बढी विरामीले गरे परीक्षण

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले सातौँ वार्षिकोत्सवको अवसर पारेर खुल्ला रक्तदान र स्वास्थ्य शविर आयोजना गरेको छ । हस्पिटल परिसरमा आइतबार स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य...

संखुवासभा हत्या प्रकरण : हत्या गरिएकी रञ्जनाको मोबाइल लोकबहादुरका भाइसँग

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएका भनिएका लोकबहादुर कार्कीका भाई नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । हत्या गरिएकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा...

आज काठमाडौंका ४८ जनासहित उपत्यकाका ५३ जनामा कोरोना पुष्टि

काठमाडौं, १३ साउन-अघिल्ला दिनमा भन्दा आज उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार मंगलबार उपत्यकाका ३ जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको...

लायन्सको पाँचदिने वेविनार शुरु

विराटनगर, वैशाख ३१–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले कोभिड १९ को महामारीकोवीचमा पनि विभिन्न सेवाहरुलाई निरन्तरता दिएको छ । चुनौतीपूर्ण समयमा पनि क्लवले सेवासँगसँगै विभिन्न अन्र्तक्रियाहरु अघि बढाएको जनाएको छ । डिष्ट्रिक ३२५ एवानको आयोजनामा...

एकैपटक ६० सहसचिवको सरुवा, १६ जिल्लामा नयाँ सीडीओ

काठमाडौं, माघ २०–सरकारले एकैपटक ६० जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ भने १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरिएका छन् । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा...

कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि

काठमाडौं, १९ असार-नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना देखिएको...

नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका ७ जनाले जिते कोरोना

काठमाडौं, ११ जेठ-नारायणी उपक्षेत्रीय अस्पतालबाट आज आइतबार ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किन सफल भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मुक्ति पाएर डिस्चार्ज हुनेको संख्या ८७ जना पुगेको...

विराट गोल्डकप गर्ने जिम्मा निजी क्षेत्रलाई, फागुन १९ गतेबाट नौं संस्करणको गोल्डकप हुने

विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्